४ वैशाख २०८१ मंगलबार
राजनीति

कांग्रेसको निर्वाचन समिति संयोजकमा अधिकारी

काठमाडौं–नेपाली कांग्रेसले लामो समयको रस्साकस्सीपछि तीन समिति गठन गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले सोमबार गठन भएको अनुशासन समितिलाई पूर्णता दिनुका साथै अन्य दुई समिति पनि गठन गरेको छ।

पार्टीको आन्तरिक निर्वाचनका लागि राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ। उक्त समितिमा खम्बबहादुर खाती, गोपालकृष्ण घिमिरे, सीताराम केसी र एगराज पोखरेल छन्।

यस्तै, पार्टीको परिमार्जित विधान कार्यान्वयनका लागि रमेश लेखकको संयोजकत्वमा नियमावली समिति गठन भएको केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिए। उक्त समितिमा प्रदीप पौडेल, जीवन परियार, ईश्वरी न्यौपाने र मीन विश्वकर्मा छन्।

यसै गरी भीष्मराज आङ्दम्बेको संयोजकत्वमा बनेको अनुशासन समितिलाई पनि बैठकले पूर्णता दिएको छ। यसअघि सभापति शेरबहादुर देउवा समूहबाट उक्त समितिमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौरलाई अनुशासन समितिको सदस्य बनाइएको थियो। संस्थापनइतर समूहले पनि दुई जनाको नाम दिएको छ। जसमा उमाकान्त चौधरी र धनराज गुरुङ छन्। 

 

प्रकाशित: ५ चैत्र २०७५ १२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App