२९ असार २०७७ सोमबार
राजनीति

संसदमा राजपाको अवरोध, १० मिनेटका लागि बैठक स्थगित

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अवरोधले संसद बैठक १० मिनेटका लागि स्थगित भएको छ। 

गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदले बैठकमा उभिएर अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि स्थगित गरेका हुन्। 

बैठकको सुरुवातमा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले सरकारले प्रतिवेदन सार्वजनिक नगरेसम्म संसदमा अवरोध गरिरहने बताएका थिए। उनले संसदबाट चुनिएको सरकारले संसदकै निर्देशन नमान्ने भनी प्रश्न समेत गरेका थिए। 

जवाफमा सभामुख महराले सरकारलाई यथाशिघ्र प्रतिवेदन सार्वजनिक गर्न भनिसकेकाले केही समय पर्खिन आग्रह गरेका थिए। तर, राजपा सांसदहरु उभिरहेपछि सभामुख महराले १० मिनेटका लागि बैठक स्थगित गरे।

प्रकाशित: ३ चैत्र २०७५ १४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App