१६ चैत्र २०८० शुक्रबार
राजनीति

नागरिकताको विवरण ढाँटे ७ वर्ष जेल

काठमाडौं – प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकताको विवरण ढाँटेमा विदेशी नागरिकलाई ७ वर्षसम्मको जेल सजाय दिने सहमति गरेको छ। समितिको बिहीबार बसेको बैठकले सजायको विषयमा सहमति जुटाएको हो। नागरिकताका विषयमा प्रस्तावित विधेयकभन्दा धेरै नै माथि उठेर सजाय तोक्ने सहमति भएको छ समिति सदस्य झपटबहादुर रावलले भने। विदेशी कुनै व्यक्तिले नागरिकताको विवरण ढाँटेमामात्रै उसलाई पाँचदेखि सात वर्षसम्म जेल सजाय हुने व्यवस्था राखिएको छ।

विदेशीले ढाँटेर नागरिकता लिँदा उसको नागरिकतामा सनाखत गर्ने र सिफारिस गर्ने व्यक्तिका लागि पनि कडा सजाय तोकिएको छ। जसलाई एक वर्षदेखि ३ वर्ष जेल र एक लाखदेखि २ लाख रुपैयाँ जरिबाना तोकिएको छ।

स्वदेशीले नागरिकताको विवरण ढाँटेमा पनि कारबाहीका लागि कडा कानुन बनाइने भएको छ। यस्तो व्यवस्थामा डेढ वर्ष जेल र १ लाख रुपैयाँ जरिबाना गरिने भएको छ। कुनै महिलाले आफ्नो भइरहेको पतिलाई छैन भनी बताएमा वा विदेशीसँग विवाह भए पनि नभएको स्वघोषणा गरेमा ३ वर्षदेखि ५ वर्ष जेल सयाज तोखिएको छ भने ३ लाखदेखि ५ लाख रुपैयाँ जरिबाना तोकिएको छ। यसैगरी, कुनै व्यक्तिलाई जानीजानी सनाखत गर्न नमान्ने व्यक्तिलाई पनि कडा सजाय दिइने भएको छ। सनाखत गर्न नमानेमा ६ महिनादेखि १ वर्षसम्म जेल सजाय तोकिएको छ।

प्रकाशित: १ चैत्र २०७५ ०१:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App