१६ चैत्र २०८० शुक्रबार
राजनीति

विप्लव माओवादीसँग वार्ताबाट समाधान खोज : कमल थापा

पोखरा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दमनको माध्यमबाट नभई वार्ता र सहमतिको माध्यमबाट समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्। राष्ट्रिय स्वाभिमान यात्राको क्रममा पोखरा आएको अवसरमा मिडिया नेपालले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले दमनको माध्यमबाट समाधान ननिस्कने भन्दै वार्ता र सहमतिबाट समाधान खोज्न आग्रह गरेका हुन्। उनले भने,‘हिजो जनयुद्धको अनुभवलाई दृष्टिगत गर्दै विप्लव नेतृत्वको नेकपालाई पनि दमनको माध्यमबाट होइन, वार्ता र सहमतिको आधारमा राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनु उपयुक्त हुन्छ।’

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका अध्यक्ष थापाले सरकारले पार्टीलाई हो वा पार्टीको गतिविधिलाई प्रतिबन्ध लगाएको हो भन्नेबारेमा स्पष्ट पार्नुपर्ने बताए। संविधानले पार्टीहरुलाई प्रतिबन्ध लगाउन नपाउने ब्यबस्था गरेको उल्लेख गर्दै उनले भने,‘पार्टीलाई प्रतिबन्ध लगाउन नपाउने संविधानमा प्रष्ट उल्लेख भएकाले सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको हो वा नेकपाको गतिविधीलाई प्रतिबन्ध लगाएको हो त्यो स्पट पार्नुपर्छ।’

अध्यक्ष थापाले विप्लव नेतृत्वको नेकपा र विखण्डनकारी सिके राउतलाई सँगै राखेर तुलना गर्न नहुने बताए। उनले सिके राउत राष्ट्र विखण्डनको नारा लिएर हिंडिरहेको बताउँदै विखण्डनकारी समूह गैरसंवैधानिक मात्र नभई राष्ट्रबिरुद्धको कार्यपनि भएको बताए। तर विप्लव नेतृत्वको नेकपा राज्य ब्यबस्थाबिरुद्ध विद्रोहमा भएकाले यी दुई वटा समूहलाई सँगै राख्न नहुने उनको भनाई थियो। यद्वपी दुबै काम असंवैधानिक भएको उनले बताए। उनले सिके राउतसँग सम्झौता विवादास्पद र रहस्यपूर्ण रहेको टिप्पणी गरे। उनले सरकारसँग सम्झौता गरेपनि सिके राउतले स्वतन्त्र मधेश वा विखण्डनको मुद्ध नत्यागेकाले सम्झौता माथि आशंका बढेको बताए।

 

 

 

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App