coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पृथकतावाद अन्त्य हुँदा एकथरी मान्छे मुरमुरिएको देखेर आश्चर्यमा परेंः प्रम ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन्।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १८ औं बार्षिकोत्सवलाई सोमवार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले पृथकतावादी समूह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे। ‘पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ। त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो’, उनले भने, ‘राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै सक्दैन। यस बिषयमा कसैले चिन्ता नगरे हुन्छ।’

प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको बताए। ‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी बिनाको माछा जस्तो भुटभुटिएका छन्’, उनले भने, ‘राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पु-याउने कुरामा जनमत संग्रह गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा हो।’

देशको अखण्डता, सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषदले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा गरे।

प्रकाशित: २७ फाल्गुन २०७५ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App