coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको टिप्पणी : अध्यक्ष दाहालजस्तो असाधारण निर्णय क्षमता सीके राउतसँग छ

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले नेपालको राजनीतिक इतिहासमा आजको दिन विशेष भएको बताएका छन्। उनले सीके राउतलाई पुष्पकमल दाहालसँग तुलना गरेका छन्। उनले शान्ति सम्झौता, सरकार, चुनावलगायत राजनीतिक यात्रामा सफल भएको भनी दाहालको प्रशंसा गरेका छन्।

उनले अध्यक्ष दाहालको खुलेर प्रशंसा गरेका छन्। सीके राउतले पृथक राजनीतिक गरेको भन्दै प्रधानमन्त्री ओलीले सीके राउतको पनि तारिफ गरे। प्रधानमन्त्री ओलीले सुरुमै अर्का अध्यक्ष दाहाल र सीके राउतको राजनीतिक यात्राको वर्णन गर्दै यस्तो तारिफ गरेका हुन्।

अब हिंसाको स्वरुप सम्पूर्ण रुपले सकिएको भन्दै आजको दिनलाई ऐतिहासिक भएको बताए। अहिले नेपालले अपनाएको संसदीय प्रणाली पृथक रहेको भन्दै यसमा सबै तहका जनताको प्रतिनिधित्व भएको टिप्पणी गरे। वर्तमान संविधानको चर्चा गर्दै उनले हालको मौलिक हकले सबैलाई समेटेको बताए।

आज सिंगै देशलाई देशको सार्वभौमसत्ता चाहिएको उनको भनाइ थियो। सीके राउतले उठाएको मुद्दातिर संकेत गर्दै उनले देशको कुनै भाग टुक्राउन नपाइने र मुलुक सधैं सार्वभौम रहने बताए।

 

प्रकाशित: २४ फाल्गुन २०७५ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App