७ वैशाख २०८१ शुक्रबार
राजनीति

विराटनगरमा देउवाको शक्ति प्रदर्शन

विराटनगर विमानस्थलमा उपस्थित नेता कार्यकर्तास“ग पार्टी सभापति देउवा। तस्बिर ः नागरिक

विराटनगर - आगामी १४ औं अधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व गर्ने होडमा रहेका डा. शेखर कोइराला र पार्टी सभापति शेरबहादुर देउवाबीच आरोप प्रत्यारोप र विभिन्न खाले होडबाजी चल्न थालेको छ। महाअधिवेशन आउनु एक वर्षअघि नै नेताहरूलाई महाअधिवेशनको रन्को लाग्न थालेको छ।

केहि दिन पहिले गृह जिल्लनगर आएका वेला विराटनगर विमानस्थलमा डा. शेखर कोइरालाले सयौं कार्यकर्ता बोलाएर विराटनगर शक्ति प्रदर्शन गरेका थिए। त्यसको जवाफमा बिहीबार विराटनगर आएका पार्टी सभापति देउवाले पनि उस्तै शक्ति प्रदर्शन गरेका छन्। गाँउ–गाँउबाट गाडी रिजर्व गरेर कार्यकर्तालाई विराटनगर विमानस्थल पु¥याइएको थियो। बिहीबार बिहान ११ बजे देउवा आउने खबरस“गै १० बजेदेखि नै कार्यकर्ताको चहल–पहल विराटनगर विमानस्थलमा बढ्न थालिसकेको थियो। करिब १ बजे मात्रै विराटनगर विमानस्थलमा आइपुगेका देउवालाई नेता कार्यकर्ताले दुई घन्टादेखि कुरेर बसेका थिए। देउवाको स्वागतका लागि विरानस्थल परिसरमा कार्यकर्ता लामबद्ध भएका थिए। विभिन्न भेषभूषामा सजिएर महिला कार्यकर्ताहरू विमानस्थलमा पुगेका थिए। यस्तै युवाहरू पार्टीको झन्डा बोकेर मोटरसाइकल ¥यालीसहित नाराजुलुस गर्दै विराटनगर विमानस्थल पुगेका थिए। विमानस्थलको विशिष्ट कक्ष अगाडि नेता कार्यकर्ताको भीड निकै बाक्लो थियो। देउवाको शक्ति प्रदर्शनले विमानस्थलको ट्राफिक व्यवस्थापन जटिल बनेको थियो।

डा. शेखर कोइरालाले केही दिन पहिले विमानस्थलमा शक्ति प्रदर्शन गरेको खबरले देउवा पक्ष आक्रोशित बनेको थियो। देउवा पक्षले पनि कोइरालालाई काउन्टर दिन बिहीबार शक्ति प्रदर्शन गरेको देउवा निकट जिल्ला नेताहरूले बताएका छन्।

पार्टीका शीर्ष नेताहरू आउ“दा स्वागत गर्न नेता, कार्यकर्ता विराटनगर विमानस्थल जानु नौलो कुरा नभए पनि विशेष अवस्थामा नेताहरूको शक्ति प्रदर्शनको थलोसमेत विराटनगर विमानस्थल बन्ने गरेको छ। डा. शेखर कोइरालाले केही दिन पहिले विमानस्थलमा शक्ति प्रदर्शन गरेको खबरले देउवा पक्ष आक्रोशित बनेको थियो। देउवा पक्षले पनि कोइरालालाई काउन्टर दिन बिहीबार शक्ति प्रदर्शन गरेको देउवा निकट जिल्ला नेताहरूले बताएका छन्। देउवाको स्वागतमा विमानस्थल पुगेका एक नेताले भने, ‘कोइरालालाई ‘काउन्टर’ त दिनै प¥यो नि।’ यसअघि पनि कोइराला र देउवाबीच माला लगाउने होड चेलेको थियो। कोइराला परिवारका नेताहरू डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाले वीरगञ्जमा १ सय २१ किलोको माला लगाएपछि देउवाले पनि सीमरामा १ सय ५१ किलोको माला पहिरिएर कोइराला परिवारलाई काउन्टर दिएका थिए।

लगातार खेदेपछि बोल्नैप-यो : देउवा
सभापति देउवाले केन्द्रीय सदस्य शेखर कोइरालाले लगातार खेदेपछि बोल्न बाध्य भएको बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीस“ग कुरा गर्दै देउवाले पटक–पटक आफूविरुद्ध नबोल्न आग्रह गर्दासमेत नटेरेपछि जवाफ दिन वाध्य भएको बताए।
‘मैले पटक–पटक उहा“लाई जाथाभावी नभन्न आग्रह गरेको थिँए,’ देउवाले भने, ‘लगातार खेदिरहेपछि जवाफ दिन वाध्य भए“।’ देउवाले कोइरालाले सभापतिमा उठ्नै नहुने भन्ने नभएको बताए। प्रजातान्त्रिक पार्टी भएकाले पार्टीको पदाधिकारीमा उठ्न कसैलाई कसैले नरोकेको उने स्पष्ट पारे। देउवाले चुनावमा उठ्न सबैले पाउने भए पनि कुनै नेताको चरित्र हत्या गर्न कसैले नपाउने बताए। ‘चुनावमा उठ्न, जित्न र नेतृत्व लिन पाइन्छ’ देउवाले भने, तर, कसैको चरित्र हत्या गर्नु भएन।’ देउवाले आफूले कोइरालस“ग झगडा नगरेको दाबी पनि गरे। उनले भने‘मैले कसैस“ग झगडा गरेको छैन।’ उनले कोइरालले आफ्नो आग्रह नमाने पनि पार्टीले कुनै कार्वाही नगर्ने स्पष्ट पारे। ‘बोलेकै भरमा कारबाही हु“दैन,’ देउवाले भने। पार्टी जिल्ला सभापतिहरूले विशेष महाअधिवेशन माग गरेको विषयमा सबैको आवाज सुन्ने पार्टी भएकाले असन्तुष्ट सभापतिहरूस“ग बसेर छलफल गरिने उनले बताए। उनले पार्टीको महाअधिवेशन समयमै सम्पन्न गरिने बताए। पुनः पार्टी सभापतिमा उठ्ने विषयमा भने देउवाले समय आएपछि थाहा हुने प्रतिक्रिया दिए। वाइड वडी प्रकरणमा भने प्रधानमन्त्री ओली बिरामी भएका कारण अहिले केहि नबोल्ने बताए।

प्रकाशित: २४ फाल्गुन २०७५ ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App