१६ चैत्र २०८० शुक्रबार
राजनीति

फुङलिङमा रवीन्द्रको सम्मानमा स्मृति पार्क बनाउनुपर्छ : याेगेश भट्टराई

ताप्लेजुङ - प्रतिनिधिसभा सांसद तथा नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले दिवंगत पर्यटनमन्त्री तथा सहकर्मी नेता रवीन्द्र अधिकारीको सम्झनामा फुङलिङमा स्मृति पार्क बनाउन आफ्नो गृहजिल्लाबाट आह्वान आग्रह गरेका छन्। 

१३ वर्षको बीचमा ताप्लेजुङमा भएका दुई ठूला हवाई दुर्घटनामा निधन भएका सदस्यको स्मरण र सम्मानका लागि फुङ्लिङ नगरपालिकाभित्र आधुनिक शैलीमा स्मृति पार्क बनाउनुपर्ने उनले बताए। 

फागुन १५ गते पाथीभरा मन्दिर नजिकै सिस्नेखोलास्थित तारेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको थियो। 

उनले सबै दिवंगतलाई समेट्ने गरी स्मृति पार्क बनाउन संघीय सरकारले उच्च पहलकदमी लिनेमा विश्वास दिलाए। ‘संघीय संसद् सदस्यका हिसाबले म र प्रदेश सांसद तथा सम्बन्धित स्थानीय तहले यसबारे ठोस कार्ययोजना बनाउन अग्रसर हुनेछौं’, भट्टराईले भने।

उनले बारम्बार दोहोरिएर देशका मूर्धन्य व्यक्तित्व सवार हेलिकोप्टर दुर्घटनामा परेर भएको क्षतिप्रति दुःख प्रकट गर्ने थलो र ऐतिहासिक स्थलको रूपमा चिनाउन आधुनिक शैलीको स्मृति पार्क बनाउन आवश्यक रहेको उनको ठम्याइ थियो। 

प्रकाशित: २३ फाल्गुन २०७५ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App