coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रामचन्द्र पौडेलको प्रधानमन्त्रीलाई प्रश्न : तपाई न्यायाधीश कि अख्तियार प्रमुख ?

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तपाई न्यायाधीश हो कि अख्तियार प्रमुख भन्दै प्रश्न गरेका छन्।

नेपाल ट्रेड युनियन कांग्रेसको ७३ औं स्थापना दिवसमा बोल्दै उनले हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई प्रधानमन्त्रीले वाइडबडी प्रकरणमा चोख्याउन खोजेको भन्दै प्रश्न गरेका हुन्। प्रधानमन्त्री ओलीले केही दिन अघि वाइडबडी प्रकरणमा अधिकारी निर्दोष भएको बताएका थिए। पौडेलले कि न्यायलयलाई वालुवाटार लैजानु भयो भन्दै प्रश्न समेत गरे। प्रधानमन्त्रीले अधिकारी निर्दोष हो भनिसकेपछि सत्य के हो बाहिर ल्याउनु पर्ने उनको भनाई छ। ‘लुकेको कुरा बाहिर ल्याउनु पर्यो’, उनले भने।

उनले सर्वसत्तावाद भनेको यस्तै भएको बताए। कम्युनिस्ट सरकार सर्वसत्तावादको अभ्यासमा लागि सकेको भन्दै पौडेलले विभिन्न वहानामा लामो समयसम्म शासन गर्न चाहेको बताए। उनले भने, ‘वेलानको बेला भेनेजुएला भनेजस्तो भेनेजुएलाको विषयमा बोलेर भेनेजुएलामा जस्तै एकलौटी शासन गर्न सरकारले चाहेको छ।’

पार्टी भित्र वृहत एकताको खाँचो रहेको भन्दै देखावटी एकताले मात्र केहि नहुने पौडेलले प्रष्ट पारे। उनले भने ‘पार्टी भित्र वृहत एकता हुनको लागि व्यवहारिकरुपमा न्याय निष्पक्षता र पारदर्शिता आवश्यक छ।‘

अनुशासन समिति र निर्वाचन समिति न्यायीक समिति भएकाले सहमति र सहकार्यमै गठन गर्नु पर्ने बताए। उनले भने, ‘पार्टी भित्र हरेक कार्यकर्ताले म सुरक्षित छु र मेरो हित पार्टीले गर्छ भन्ने सम्झिनु पर्छ। त्यसका लागि न्यायीक समितिहरु साँच्चिकै न्याय दिने हुनु पर्छ।’

प्रकाशित: २१ फाल्गुन २०७५ ०९:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App