७ वैशाख २०८१ शुक्रबार
राजनीति

राहत शिक्षकमाथि भएको प्रहरी हस्तक्षेपको कांग्रेसद्वारा विरोध

काठमाडौं – सोमबार दिउँसो बानेश्वरमा भएको राहत शिक्षकको आन्दोलनमा सरकारले बलजफ्ती गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रहरी हस्तक्षेपको भत्र्सना गरेको छ।

आज साँझ पार्टीले प्रेस विज्ञप्ति निकालेर उक्त घटनामा हस्तक्षेप र अन्धाधुन्ध बल प्रयोग गरेको भन्दै सरकारको विरोध गरेको छ।  

विज्ञप्तिमा भनिएको छ – 'लामो समयदेख सामुदायिक विद्यालयमा अध्यापनरत राहत शिक्षकहरुले आज बेलुका नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गर्दै गरेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी अन्धाधुन्ध बल गरी महिला शिक्षकहरुलाई दुव्र्यहार गरेको र प्रहरीको दमनबाट दर्जनौं घाइते भएको प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ। शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकार माथि वर्तमान सरकारले अंकुश लगाउने कार्य गरिरहेको छ । यस घटनाले सरकारको निरकुंश चरित्रलाई उदाङगो बनाएको छ ।

आजको भएको अमानविय घटनाप्रति नेपाली कांग्रेस संसदीय दल घोर निन्दा र भत्सर्ना गर्दछ । नेपाल सरकारलाई राहत शिक्षकहको माग पुरा गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ । साथै प्रहरीको धरपकडामा घाइते भई अस्ततालमा उपचार गराई रहनु भएका शिक्षक साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।' 

प्रकाशित: २० फाल्गुन २०७५ १५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App