१६ चैत्र २०८० शुक्रबार
राजनीति

लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएकाे छ : अध्यक्ष थापा

फाइल तस्बिर।

महोत्तरी - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको आरोप लगाएका छन्। मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको अगुवाई गर्दै महोत्तरीको सदरमूकाम जलेश्वर आइपुगेका थापाले देशमा बढ्दै गएको भ्रष्टाचार विरुद्ध आक्रोश व्यक्त गर्दै स्वयम प्रधानमन्त्रीले समेत भ्रष्टाचारीको संरक्षण गरेकोमा आपत्ती जनाए। भ्रष्टाचार विरुद्ध कठोर रुपमा प्रस्तुत हुन नसकेकोमा उनले प्रधानमन्त्रीको आलोचनासमेत गरे।

‘प्रधानमन्त्री ओलीले बारम्बार भन्दै आएका छन् म भ्रष्टाचार गर्दिन गर्न पनि दिन्न, भ्रष्टाचारीको अनुहार पनि हेर्दिन’,  अध्यक्ष थापाले भने, 'प्रधानमन्त्री साच्चै भ्रष्टाचार नियन्त्रण गर्न ईमान्दार हुनुहुन्छ भने भ्रष्टाचार काण्ड र व्रह्मलुटमा संलग्न रहेका दोषिलाई चाडो भन्दा चाडो कारबाही गरेर देखाउनुस् , विदेशमा राखिएको कालो धन देश भित्र ल्याएर जफत गर्ने काम गर्नुस्।’

फरक प्रसंगमा बोल्दै अध्यक्ष थापाले हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि चैत्र देखि जनसंघर्ष गर्ने चेतावनी दिए। 'हिन्दु राष्ट्र पुनर्स्थापना, राष्ट्रिय अखण्डता रक्षा र भ्रष्टाचार नियन्त्रणको लागि राप्रपा बन्दुक बोक्ने होइन जनता उठाउने काममा लाग्ने छ, जंगल जाने छैन जनतालाई सडकमा उतारेर जनसंर्घष गर्नेछ', राप्रपा अध्यक्ष थापाले भने, ‘प्रधामन्त्रीलाई हिन्दु राष्ट्र पुनर्स्थापनालगायत विभिन्न २२ बुँदे माग राखेर यात्रा सुरु गरेका छौं। माग पुरा नभए चैत्रबाट जनसंघर्षमा उत्रन्छौं।'

नेपालीहरुको साझा संस्कृति माथि योजनाबद्ध ढंगले आक्रमण भइरहेको बताउँदै उनले सनातन धर्म नष्ट गर्न भैरहेका प्रयासमा आपत्ती जनाए। लोभ लालचामा पारेर धर्म परिवर्तन गराउने कार्य भैरहेको बताउँदै अध्यक्ष थापाले देशमा राष्ट्र टुक्र्याउन खोज्ने विखण्डनकारी लागिपरेको आरोपसमेत लगाए। सवै धर्मका बीच समानता र स्वतन्त्रता कायम राख्न हिन्दु राष्ट्र एक मात्र विकल्प रहेको थापाको दाबी छ।

फाइल तस्बिर।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App