१६ चैत्र २०८० शुक्रबार
राजनीति

नेविसंघको तदर्थ समिति गठनमा किन हुँदैछ ढिलाई?

काठमाडौं - नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले माघ २८ मा राजीनामा दिए । महरको राजिनामासँगै संघ अहिलेसम्म नेतृत्वविहीन भएको छ।

१२औँ महाधिवेशन समयमा गर्न नसकेपछि नैतिक दबाबका कारण अध्यक्ष महरले पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका थिए। अध्यक्ष महरको राजीनामा  केन्द्रीय समिति बैठकले सभापति देउवालाई शीर्ष नेताहरूसँग सहमति गरेर तदर्थ समिति गठन गर्न बाटो खुला गरिदिएको थियो। तर सभापति देउवाले अहिलेसम्म यसतर्फ ध्यान दिएका छैनन्।

लामो समयसम्म बसेको बैठकले बहुमतबाट महासमिति बैठकबाट पारित विधान पारित गरेसँगै पार्टीभित्र विवाद चर्किएको छ। १४ फागुनमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा अनुसाशन समिति गठन गर्ने कार्यसूची थियो। असन्तुष्ट समूहका शीर्ष नेताले बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि सभापति देउवाले बैठक नै स्थगित गरे ।  त्यसपछि सभापति देउवा जिल्ला भ्रमणमै व्यस्त छन्। कांग्रेसमा यतिबेला संवादहीन्ताको अवस्था छ।

पार्टीको विवादको चेपुवामा नेविसंघ परेको छ। सभापति देउवा पनि तत्काल तदर्थ समिति बनाइहाल्ने अवस्थामा छैनन्। तदर्थ समिति गठन गर्दा ३२ वर्षे उमेर हद लगाउने/नलगाउने भन्ने विषयमा पार्टीभित्र ठूलो विवाद छ।

‘कुनै पनि भ्रातृ संगठन भ्याकुम राख्न हुन्थेन। मैले त त्यहीबेला विकल्प दिएको थिएँ’, वरिष्ठ नेता पौडेलले नागरिकसँग भने, ‘सभापतिले अहिलेसम्म केही गर्नसक्नुभएन। नेविसंघबारे के गर्दै हुनुहुन्छ उहाँलाई नै सोध्नुपर्छ।

सभापति देउवा समूहका विश्वास पात्रमध्ये केहीले उमेर हद लगाउनुपर्ने र केहीले उमेर हद लगाउन नहुने भन्दै दबाब दिँदै आएको छ। यस्तै, संस्थापनइतर समूहले पनि आफूहरूको समूहको प्रतिनिधित्व सुनिश्चित गर्न दबाब दिँदै आएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता सिटौला समूहले नेविसंघको तदर्थ समितिमा आफूहरूको नेतृत्व दाबी गर्दै आएका छन्।

अध्यक्षको राजीनामाको २१ दिनसम्म नेविसंघ नेतृत्वविहीन हुँदा ‘लघाम विनाको घोँडा’ जस्तौ भएको छ। नेविसंघका नेताहरू आफू–आफूबीच ढुंगामुढामा समेत उत्रिएका छन्। कार्यकर्ता उत्पादको प्रमुख खुट्किला मानिएको नेविसंघ नै ‘भ्याकुम’ हुँदा कार्यकर्ता उत्पादन नै ठप्प हुने पार्टी संस्थापनइतर समूहको दाबी छ।

नेविसंघ २१ दिनदेखि खाली हुनु सभापतिको कमजोरी रहेको असन्तुष्ट समूहको आरोप छ। सभापतिलाई आफूहरूले विकल्प दिँदा पनि तदर्थ समिति गठन नगरेको वरिष्ठ नेता रामचन्द्र पौडेलको आरोप छ। ‘कुनै पनि भ्रातृ संगठन भ्याकुम राख्न हुन्थेन। मैले त त्यहीबेला विकल्प दिएको थिएँ’, वरिष्ठ नेता पौडेलले नागरिकसँग भने, ‘सभापतिले अहिलेसम्म केही गर्नसक्नुभएन। नेविसंघबारे के गर्दै हुनुहुन्छ उहाँलाई नै सोध्नुपर्छ।’

केन्द्रीय समिति बैठकले नै सभापति देउवालाई जिम्मेवारी दिएका कारण अब चाँडै तदर्थ समिति गठन हुने सहमहामन्त्री डा.प्रकाशशरण महतले बताए। ‘अध्यक्षले राजीनामा दिएपछि केन्द्रीय समितिले सभापतिलाई जिम्मेवारी दिएको छ’, डा. महतले भने, ‘उहाँले चाँडैनै निर्णय गर्नुहुन्छ। उमेरको विष खासै विवाद होइन। १२औँ महाधिवेशनबाट लगाउने भनिएको हो। सभापतिले के गर्नुहुन्छ अब उहाँमै भरपर्छ। दुई विकल्पमध्ये जुनै रोजे पनि विवाद हुन्न।’

संस्थापनइतर समूहले भने ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी दिएर तदर्थ समिति गठन गर्न सभापतिलाई आग्रह गरेको छ। केन्द्रीय समितिले तदर्थ समिति गठनका लागि माग्रप्रसस्त गरिसकेकाले तत्काल गठन गर्नुपर्ने असन्तुष्ट समूहको माग छ। ‘केन्द्रीय समितिले सभापतिलाई जिम्मेवारी दिइसकेको छ’, केन्द्रीय सदस्य गुरुराज घिमिरे भन्छन्, ‘शीर्ष नेतासँग परामर्श र सहमति गरेर तत्काल तदर्थ समिति गठन गर्नुपर्छ।’

प्रकाशित: १९ फाल्गुन २०७५ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App