coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अग्रगतिमा हिँड्न एकता जरुरी : पूर्वराष्ट्रपति

धादिङबेंसीमा आयोजित पर्यटन तथा औद्योगिक मेला उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादव। तस्बिरः सरिता/नागरिक

धादिङ - पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। सदरमुकाम धादिङबेंसीमा शुक्रबार धादिङ पर्यटन तथा औद्योगिक मेला उद्घाटन कार्यक्रममा यादवले हिमाल, पहाड र तराईबीच बलियो एकता कायम गरेर मात्रै मुलुकलाई अग्रगतिको बाटोमा अघि बढाउन सकिने बताए। लोकतान्त्रिक प्रणालीमार्फत् मुलुकलाई समृद्ध बनाउन सबै पक्ष अग्रसर हुनुपर्नेमा उनको जोड थियो।

धेरै उतारचढाव भए पनि देशमा इतिहासकै राम्रो संविधान आएको उनले बताए। ‘देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ, जनताका प्रतिनिधिहरु हरेक निकायमा छन्’, यादवले भने, ‘संविधानमार्फत देशलाई अघि बढाउने जिम्मा सबैको हो।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन पनि सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराए।देशमा देखिएका समस्या संविधानमार्फत समाधान गर्नुपर्ने बताउँदै उनले संविधान कार्यान्वयनको बाटो अघि बढेकाले जनअपेक्षा पूरा हुनेमा आफू आशावादी रहेको बताए। पदमा रहदा होस् या नरहँदा आफूले मुलुकलाई समृद्धिको मार्गमा डो¥याउन प्रभावकारी भूमिका निर्वाह गर्ने उनले बताए।

जनताको एक मात्र चाहना विकास र समृद्धि भएको हुँदा त्यसतर्फ केन्द्रित हुन तीनै तहका सरकार सक्रिय हुनुपर्नेमा उनले जोड दिए। व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देश विकासमा लाग्नुपर्ने उनको भनाइ थियो। गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति यादवले नेपाली जनता अहिले सार्वभौम र देशको मालिक भएको उल्लेख गर्र्दै सबैले संविधानको सम्मान र रक्षा गर्र्नुपर्ने बताए। ‘जनताका जनप्रतिनिधि तीन तहमा आएका छन्’, यादवले भने, ‘अब संविधान आत्मसात गरी देशलाई समृद्धिको बाटोतर्फ लम्क्याउनुपर्छ।’ देशको एकतालाई कसरी कायम राख्ने र समाजिक सद्भाव कसरी जोड्ने भन्ने विषयमा आफ्नो प्राथमिकतामा रहेको उनले बताए। धादिङमा कृषि र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उनले यसतर्फ लाग्न उनले सबैलाई आग्रह गरे।

प्रकाशित: १८ फाल्गुन २०७५ ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App