coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हेलिकप्टर दुर्घटना (अपडेट) : मृतकको शव काठमाडौं ल्याइयो

तस्बिरः केशब थोकर/नागरिक

काठमाडौं - ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव काठमाडौं ल्याइएको छ। मन्त्री अधिकारीसहितको शवलाई नेपाली सेनाको हेलिकप्टरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो। 

बुधवार मध्याह्न ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएपछि उनीहरुको शव संकलन गरी आज बिहान मात्र घटनास्थलबाट सुकेटार एअरर्पोटसम्म ल्याइएको थियो। 

विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत पुगेका छन्। मृतकको शवलाई परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइनेछ। त्यसपछि मन्त्री अधिकारी शवलाई टुँडिखेलमा श्रद्धाञ्जली र राजकीय सम्मानका लागिद राखिनेछ।

प्रकाशित: १६ फाल्गुन २०७५ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App