१६ चैत्र २०८० शुक्रबार
राजनीति

हेलिकप्टर दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं - ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। एक विज्ञप्ति जारी गर्दै कांग्रेसले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको हो। 

‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  रवीन्द्र अधिकारीलगायत ७ जनाले जीवन गुमाएकोमा गहिरो दुःख लागेको छ। विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका रवीन्द्र नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रूपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो’, सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

यस्तै, यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको कांग्रेसले जनाएको छ। कांग्रेसले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्काल गहिरो अध्ययन अनुसन्धानको प्रक्रियाअघि बढाउनुपर्ने समेत माग गरेको छ। 

दुर्घटनामा मन्त्री अधिकारी, व्यवसायि शेर्पासहित नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको ज्यान गएको थियो।

 

प्रकाशित: १५ फाल्गुन २०७५ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App