१४ असार २०७९ मंगलबार
राजनीति

एलएमजी र एम १६ सहित बिप्लवका कार्यकर्ता पक्राउ

धरान - अत्याधुनिक हतियारसहित विप्लव माओवादीका एक कार्यकर्ता प्राउ परेका छन्। उनी धरान पानबारीबाट एलएमजी र एम १६ सहित  पक्राउ परेको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा २ जना आउँदै गर्दा उनी समातिएका हुन्। अर्का एक जना भने फरार भएको प्रहरी स्रोतले बतायो। पक्राउ पर्नेमा बेलबारी १०का देबकुमार लिम्बु छन्। अहिले उनलाई पनबारीस्थित प्रहरी चौकीमा राखेर प्रहरीले सोधपुछ गरिरहेको छ। जिल्लाका एसपी, संघीय प्रहरी प्रमुख एसएसपी पनि पानबारी पुगेका छन् भने प्रदेश प्रहरी प्रमुख डिआइजी पनि यहि घटनाबारे बुझ्न पानबारी आउँदैछ्न।

प्रकाशित: १५ फाल्गुन २०७५ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App