१६ चैत्र २०८० शुक्रबार
राजनीति

नयाँ पुस्ताले पुरानाबाट सिकेर मुलुकका लागि योगदान दिनुपर्छः पूर्वराष्ट्रपति यादव

काठमाडौं– पूर्व राष्ट्रपति डा. रामवरण यादवले नयाँ पुस्ताले पुराना पुस्ताबाट सिक्दै मुलुकका लागि योगदान दिनुपर्ने बताएका छन्। लायन्स क्लब अफ चाबहिलको रजत वर्ष समारोहमा समाजका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै यादवले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई युवाले सघाउनुपर्नेमा जोड दिए। 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्वराष्ट्रपति यादवले वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दासलाई विशेष सम्मान (लाईफटाईम एचिभमेन्ट) तथा प्रमाणपत्र प्रदान गरे। समारोहमा क्लबले चाबहिल क्षेत्रमा बसोबास गर्दै समाजका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने २५ जना व्यक्तित्वलाई सम्मान गरेको थियो।

कार्यक्रममा पूर्व प्रधानन्यायाधीशहरु सुरेन्द्रप्रसाद सिंह, केशवप्रसाद उपाध्याय, कलाकार हरिप्रसाद शर्मा, विमा समितिका पूर्व अध्यक्ष माधवप्रसाद उपाध्याय, वरिष्ठ साहित्यकारहरु यादव खरेल, कणाद महर्षी, भैरवनाथ रिमाल कदम, ज्ञानुवाकर पौडेल, राजनीतिज्ञहरु लक्ष्मणप्रसाद घिमिरे, नवराज सुवेदी, लोकेश ढकाल, पूर्व सेनापति प्यारजंग थापा, पत्रकारहरु आदित्यमान श्रेष्ठ, राजेश खनाल, आयुर्वे्दिक चिकित्सक डा. कादम्बरी आचार्य, शिक्षाविद् डा. विद्यानाथ कोइराला, ई. ध्रुवराज थापा, डा. सुवर्णमणि आचार्य, डा. रमेशकुमार ढुंगेल, समाजसेवीहरु शिवराम प्रधान, सुधा शर्मा, श्रीहरि श्रेष्ठ, संगीतकार शुभबहादुर सुनाम, गणेशराज कार्की, लक्ष्मणप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो।

लायन्स क्लब अफ चाबहिलका अध्यक्ष लायन सुमित्रा दंगालको सभापतित्वमा सम्पन्न  कार्यक्रममा प्रदेश सभासद नरोत्तम वैद्य, डा. गौरीशंकरलाल दास, यादव खरेल, खगेन्द्र सिटौला, डी.आर. खनाल, सुदर्शनधर प्रधानाङ्ग, शान्ति बैद्य लगायतले मन्तव्य राखेका थिए।

प्रकाशित: १४ फाल्गुन २०७५ १२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App