१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रदेश २ मा 'बेटी पढाउ बेटी बचाउ' अभियान सुरु, हरेक छोरीकाे सरकारी बीमा

वीरगन्जमा बिहीबार ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान शुभारम्भ गर्दै राष्ट्रपति भण्डारी। तस्बिर : रितेश/नागरिक

वीरगन्ज - 'बेटी पढाउ, बेटी बचाउ' अभियान अन्तर्गत प्रदेश २ को सरकारले सुरु गरेको ‘छोरी शिक्षा बीमा/मुद्दती बचत खाता’ को बिहीवार उद्घाटन गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगन्जमा एक समारोहबीच योजनाको शुभारम्भ गरीन्। 

कार्यक्रमकाे शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘छोरीको पढाइलेखाईमा गरिने लगानी व्यर्थ जाँदैन, छोरीहरु पढेर शिक्षित र स्वालम्बि बने भने त्यसले समग्र समाज र राष्ट्रलाई समुन्नती र समृद्धि तर्फ डोर्‍याउँछ, दिगो शान्ति र सुखी नेपालको सोंच साकार गर्न छोरीहरुको शिक्षाले सघाउ गर्छ।’ कतिपय ठाउँमा छोरीलाई अभिषाप मान्ने गरेको पाइन्छ र त्यस्तो मान्यताको अन्तका लागि ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ जस्ता कार्यक्रम सहायक हुने उनले बताइन्। उनले व्यवसायिक शिक्षामा जोड दिइन्।

कार्यक्रममा बोल्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरीहरुको शिक्षामा प्रदेश सरकारको विशेष जोड दिएकाे बताए। छोरी भएकै कारण शिक्षा र अवसरबाट कोही बञ्चित हुन नहुनेमा उनले जाेड दिए।

कार्यक्रम अन्तर्गत प्रदेश २ मा जन्मने हरेक छोरीको अब बीमा हुनेछ। यो वर्ष जन्मिएर बीमा गरिने छोरीहरुलाई प्रदेश सरकारको तर्फबाट २० वर्षपछि एक लाख र सेवा प्रदायक बैंकको तर्फबाट २५ हजार प्रदान गर्ने गरी छोरी शिक्षा बीमा/मुद्दती बचत खाता सुरु गरिएको छ। छोरीका केही जना अभिभावकलाई बीमाको कागजात हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो। 

 

प्रकाशित: ९ फाल्गुन २०७५ १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App