एक अर्ब ३६ करोड भन्दा बढी लागतमा भक्तपुर जिल्ला अदालतको भव्य भवन तयार भएको छ। सात वर्षपछि निर्माण सम्पन्न भएको भवन शनिबार एक समारोहबीच प्रधानन्यायाधिस विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गरे।
तीन सय वर्षभन्दा पुरानो मेलाको रूपमा रहेको चैते दसैँ मेलाले बागलुङमा निरन्तरता पाएको छ। कालिका मन्दिर परिसरमा चैत ३० गतेदेखि लागेको चैते दसैँ मेला बिहीबार सकिएको थियो।