२४ असार २०७७ बुधबार
राजनीति

सुदूरपश्चिम प्रदेश प्रमुख आइसियुमा भर्ना

कैलाली - सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल बिरामी भएर धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा भर्ना भएका छन्। उनको रगत र छातीमा समस्या देखिनुका साथै ज्वरोले च्यापेपछि निसर्ग अस्पतालमा उनलाई आइसियुमा भर्ना गरिएको छ।

उपचारमा संलग्न फिजिसियन डाक्टर विजय केसीका अनुसार उनको छातीमा दमको समस्या देखिनुका साथै रगतमा डब्लूबिसी, आरबिसी र प्लेटलेट्सको मात्रा कमी भएका कारण समस्या उत्पन्न भएको हो। ‘सोमबार बिहानसम्म आइसियुमा राखेर उपचार गरिने छ,’ डाक्टर केसीले भने,‘प्रदेश प्रमुख मल्ललाई बाहिर राख्दा भिजिटर बढी आउने र तनाव बढ्ने भएकाले पनि आइसियुमा राखेर उपचार थालिने छ।’

प्रदेश प्रमुख मल्लको उपचारका लागि चिकित्सकको टोली चौबिसै घण्टा बेड नजिकै राखिएको अस्पताल प्रालिका अध्यक्ष तीर्थराज पन्तले बताए। उनले भने,‘हामीले अति विशिष्ट व्यक्तिलाई उपचारका लागि सबै तयारी गरिरहेका छौँ, कुनै कसुर बाँकी राख्दैनौ।’ प्रदेश प्रमुख मल्ल चार दिनदेखि बिरामी भए पनि आइतबारदेखि भने ज्वरो बढेपछि अस्पताल ल्याइएको उनका स्वकीय अधिकृत धनसिंह क्षेत्रीले बताए।

प्रकाशित: ५ फाल्गुन २०७५ २०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App