१६ चैत्र २०८० शुक्रबार
राजनीति

विकासका पूर्वाधार पुर्‍याएर कर्णालीलाई सुगम बनाइनेछ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेतको छिन्छुदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडक स्तरोन्नति गरिने बताएका छन्। डोल्पो समाजले शनिबार आयोजना गरेको ल्होसार पर्वको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार पुर्‍याएर डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताए।

‘डोल्पा मात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलको पनि स्तरोन्नति गरेर कर्णालीलाई सुगम बनाइनेछ’ ओलीले भने। ओलीले कर्णालीमा रहेको पातलो बसोबासलाई एकीकृत बस्तीको रुपमा विकास गरिने बताएका छन्।

‘पातला बस्तीमा भौतिक सुविधा पुर्‍याउन सकिँदैन, त्यसैले यस्ता बस्तीलाई स्थानान्तरण गरेर एकीकृत बस्तीको रुपमा विकास गरेर सबै विद्यालय, सडक, स्वास्थ्यचौकी, यातायात र खानेपानी जस्ता आधारभुत सुविधाहरू सबैलाई उपलब्ध गराइनेछ’ ओलीले भने, ‘त्यसपछि कर्णालीको परिचय बदलिनेछ। कर्णाली सुगम हुनेछ।’

प्रकाशित: ४ फाल्गुन २०७५ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App