८ वैशाख २०८१ शनिबार
राजनीति

उत्पादनमुलक र रोजगारीका क्षेत्रमा लगानी गर्नुहोस् : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूलाई उत्पादनमुलक र रोजगारीका क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग शनिबार बालुवाटरमा भएको भेटमा ओलीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न र ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले बैंकहरूलाई मूख्य गरी उत्पादनमुलक,रोजगारीका अवसर सृजना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरूमा लगानी गर्न सुझाव दिएका छन्। ‘लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्त क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस्’, ओलीले भने, ‘सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहोस् र सबैभन्दा कम ब्याज उठाउनुहोस्।

बिलासिताका वस्तुमा लगानी कम गर्नुहोस्।’ महासंघको टोलीले बैंक तथा वित्तिय संस्थाद्वारा घोषित चर्को ब्याजदर कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा आयोजना गरेको महासंघले प्रधानमन्त्रीसँग साक्षात्कार गरेको हो। प्रधानमन्त्री ओलीले व्यावसायीको गुनासोका बारेमा बैंकहरूसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशन दिएका छन्।

‘बैंकहरूले एउटा सर्तमा ऋण दिने र आफू खुसी ब्याज बढाउँदै लैजाने कुरा उपयुक्त हुँदैन। यसमा सरकारले नियमन गर्छ,’ ओलीले भने। ओलीले सरकारले सबै क्षेत्रको एकाधिकार तोड्ने खुला प्रतिष्पर्धाको वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। सरकार उद्योगी व्यावसायीका समस्या समाधान गर्न सदा सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रकाशित: ४ फाल्गुन २०७५ १०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App