१६ चैत्र २०८० शुक्रबार
राजनीति

विकासमा सबै एक हुनुको विकल्प छैन : अध्यक्ष दाहाल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले समृद्धिका लागि सबै एक हुनुको विकल्प नरहेको बताएका छन्। विकास निर्माणका लागि सबै दल एक भएर नयाँ ऊर्जा र उत्साह लिएर जनता माझ जानुको विकल्प नरहेका बताएका हुन्।

शनिबार भक्तपुरको हनुमन्ते सरसफाइ अभियानको ५१ हप्ता पुगेको अवसरमा भएको कार्यक्रममा उनले देशमा भएका ठूला परिवर्तन एकताले मात्र सम्भव भएको बताए।

‘एकता भयो भने जस्तासुकै चुनौति छिचोल्न सकिन्छ। हिजो शान्ति प्रक्रियामा पनि हामीले एकता प्रदर्शन गर्यौं। संविधान निर्माणमा पनि एकता प्रदर्शन गयौं’, उनले भने, ‘अब विकास र समृद्धिमा पनि एकता प्रदर्शन गरौं।’

उनले एकताका साथ अघि बढ्दा समृद्धि टाडा नरहेको दाबीसमेत गरे। हनुमन्ते सफाइले एकताको सन्देश दिएको उनको तर्क थियो। ‘अनुमन्ते सफाइले सबैलाई एकताको सन्देश दिएको छ’, उनले भने, ‘विकास निर्माणका काममा यसरी नै एक हुन सके समृद्धि टाडा छैन।’

प्रकाशित: ४ फाल्गुन २०७५ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App