coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गगनको प्रश्नः प्रधानमन्त्रीज्यू ऐना हेर्नु हुन्छ कि हुन्न ?

नुवाकोट– नेपाली कांग्रेसका युवा नेता गगन थापाले हप्तै विच्छे बाहिरिने अनेक भ्रष्टाचारको विषयमा सरकारको नाम जोडिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्ने वाक्य हास्यास्पद रहेको बताएका छन्। 

दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ मा रहेको कौकेश्वरी माध्यामिक विद्यालयमा वडा कार्यालय, कालिका युवा क्लव र जनजागरुक युवा क्लवले आयोजना गरेको २८५५औँ सोनाम ल्होछार विशेष  कार्यक्रममा नेता थापाले ओली सरकारले भ्रष्टाचारलाई शून्यतामा झार्छु भनेर भाषण गरिरहे पनि कमी आउन नसकेको बताए। ‘हाम्रो प्रधानमन्त्री ओलीज्यू म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भनिराख्नु हुन्छ। तर भ्रष्टाचारको घटना धारावाहिक रुपमा बाहिरिरहेका छन्। सरकार त्यहीँ घटनामा मुछिरहेको छ। ज्सले गर्दा म सोध्न बाध्य हुन्छु हाम्रो प्रधानमन्त्री ज्यू ऐना हुर्नु हुन्छ कि हुन्न भनेर।’ 

विकास निर्माणको कार्यमा, अन्यायमा परेका नागरिकलाई न्याय दिने कार्यमा, नागरिकलाई शान्ति सुरक्षा दिलाउने कार्यमा सरकार चुकेको थापाले बताए। जुन पार्टीप्रति आस्था राख्ने नागरिक भए पनि अन्यायमा परे नेपाली नागरिक अन्यायमा परेको हो भनेर बुझ्न सरकारलाई आग्रह गरे। 

प्रधानमन्त्री ओलीले सरकार गठन भएको एक वर्ष वितिसक्दा पनि गर्न नसकेको काम स्वीकार गर्न नसकेको उनको भनाई छ। ‘सरकार गठन भएको एक वर्ष भयो। हामीले प्रधानमनत्री ओलीज्यूको भाषण सुन्यौँ तर उहाँ उपलव्धी नभएको विषयमा पनि मख्ख हुनुहुन्छ,’ थापाले भने, ‘सरकार आफ्नो गल्ती स्वीकार्न चाहँदैन।’

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डे, दुप्चेश्वर ६ का वडा अध्यक्ष धु्रवकर केसी लगायतले जातीय विशेष चाडपर्वलाई सबै नेपालीले एकताको रुपमा मनाउनु पर्ने बताएका थिए। 

ल्होछार विशेष कार्यक्रममा उद्योग बाणिज्य सघ नुवाकोटका अध्यक्ष ताराबहादुर कार्कीले  घ्याङफेदीमा गत मंसिर २८ गते भएको मिनिट्रक दुर्घटनामा परी ज्यान गुमाएका ब्यक्तिका परिवारको सदस्यको लागि ५० हजार रुपैयाँ गाउपालिकाको अध्यक्ष योविन्द्रसिह तामाङ र उपाध्यक्ष अञ्जु आचार्यलाइ हस्तान्तरण गरेका थिए। 

प्रकाशित: ३ फाल्गुन २०७५ १६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App