८ आश्विन २०७७ बिहीबार
राजनीति

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

फाइल फाेटाे

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपरान्ह ४ बजे देशवासीका नाममा सम्बोधन गर्दै छन्। सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

उनका अनुसार सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गर्नेछन्। संघ र प्रदेशको निर्वाचनपछि २०७४ फागुन ३ गते तत्कालिन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सिंहदरबारस्थित ग्यालरी बैठकमा अपराह्न ४ बजे प्रधानमन्त्रीको सम्बोधन हुनेछ। सम्बोधन समारोहमा मन्त्री र सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरूको सहभागीता हुनेछ।

प्रकाशित: २ फाल्गुन २०७५ १५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App