coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रतिपक्षले अलोकतान्त्रिक चरित्र प्रस्तुत गर्‍याे : प्रवक्ता श्रेष्ठ

प्रवक्ता श्रेष्ठ बीचमा। तस्बिर : टंक/नागरिक

सर्लाही - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतन्त्रको नारा उचाल्दै प्रतिपक्ष नेपाली कांग्रेसले अलोकतान्त्रिक चरित्र प्रस्तुत गरिरहेको बताएका छन्। ‘लोकतन्त्रको कुरा गर्ने तर जनताले चुनेको सरकारचाँही मैले भने जसरी मात्र चल्नुपर्छ भन्ने प्रतिपक्षको मान्यता कसरी लोकतान्त्रिक चरित्र हुन्छ?’ श्रेष्ठले प्रतिप्रश्न गरे, ‘लोकतान्त्रिक पद्धतीमा विश्वास गर्ने प्रतिपक्ष पार्टीले जनताले विश्वास गरेर बनेको सरकारलाई ५ वर्ष त काम गर्न दिनु पर्‍याे नि।’

बुधबार सर्लाहीको लालबन्दीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार  भेटघाटमा बोल्दै उनले भेनुजुएला प्रकरणमा सरकार र पार्टीको एकमत रहेको दाबी गरे। उनले कुनैपनि सार्वभौम देशप्रति वाह्य हस्तक्षेप सह्य नहुने बताए। दुई अध्यक्षले जे सुकै बोलेपनि भेनेजुएलाको विषयमा पार्टी र सरकारको धारणा एकमत रहेको श्रेष्ठको दाबी छ।

तल्लो तहसम्म पार्टी एकता प्रकृया भन्नै नसकिने गरी ढिला भएकोमा उनले स्विकार गरे। ‘तल्लो तहसम्म पार्टी एकता प्रकृया भन्नै नसकिने गरी ढिला भएको छ’, श्रेष्ठले भने, ‘पहिला ३ महिनापनि लाग्दैन भन्ने लागेको थियो, तैपनि ३ महिनाचाँही समय तोकौं भनेर राखियो, तर तीनगुणा बढी समय वितिसक्यो।’ स्थायी कमिटीले गठन गरेको एकता कार्यदलले प्रतिवेदन बुझाईसकेको उल्लेख गर्दै अब चाँडै नै तल्लो तहसम्मको एकता प्रकृया टुंग्याउने गरी छलफल अगाडी बढिसकेको श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १ फाल्गुन २०७५ ०८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App