१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘विचलित नेतृत्वसँगै ओइलिए सपना’

२०५२ साल फागुन १ मा यही होलेरीको इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूभिगत भएको थियो। तस्बिर : दिनेश/नागरिक

रोल्पा - रोल्पाको ‘होलेरी’ माओवादी १० वर्षे शसस्त्र विद्रोहको सुरुवाती ठाउँ हो। २०५२ साल फागुन १ मा यहाँको इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूभिगत भएको थियो। त्यो आक्रमणका ३ जना हस्ती अहिले रोल्पाबाट निर्वाचित प्रतिनिधि छन्। प्रतिनिधिसभामा जितेका वर्षमान पुन, प्रदेशसभा (क) बाट निर्वाचित कुलप्रसाद केसी र (ख) बाट निर्वाचित दीपेन्द्र पुन ‘होलेरी’ आक्रमणका सहभागी पात्र हुन्। सो आक्रमणका मुख्य पात्र नन्दबहादुर पुन उपराष्ट्रपति रहेका छन्।

होलेरी आक्रमणसँगै भूमिगत भएको तत्कालीन माओवादी र उसका नेतृत्वले पछिल्लो राजनीतिक परिवर्तनमा आफ्नो अमूल्य भूमिका रहेको दाबी गर्दै देश समृद्धिको बाटोमा अगाडि बढेको बताइरहँदा आमजनतामा भने असन्तुष्टि बढ्दै गएको छ। अहिलेसम्म राजनीतिक परिवर्तन र समयक्रमले ल्याएको विकासका केही छिटाबाहेक केही भएन भन्ने गुनासो तत्कालीन युद्धमा खटिनेहरूको भनाइ छ। परिवर्तनको मिठो सपना बोकेर २३ वर्षअघि बन्दुक समाएका लडाकुसमेत यतिबेला अलमलमा देखिन्छन्।

‘हिजो सपना ठूलो थियो। साँच्चिकै सबै गतिशील थियांै। पार्टी अभिभाबक थियो। आज सबै लथालिंग छ। राजनीतिक परिवर्तन मात्र भयो तर सामाजिक र मानवीय विकास कत्ति पनि भएन,’ लडाइँमा कम्पनी कमाण्डर रहेका नवीनलोचन मगर भन्छन्, ‘हिजो अपराध मानिएको भ्रष्टाचारमा अहिले युद्ध लडेर आएकाहरू नै लिप्त छन्। अर्को अपराध मानिएको जाँडरक्सी, जुवातास र सुरासुन्दरी अहिले उनीहरूको रोजाइमा छ।’ तत्कालीन माओवादी नेतृत्वभित्र विचलन मात्रै नभएर अनुशासन नै हराएको लोचन बताउँछन्।

विगत १० वर्षे द्वन्द्वको समयमा रोल्पामा मारिएका ९ सय ६९ मृतक र ३३ बेपत्ताका परिवारसँगै युद्धको चपेटामा परेका हजाराैँ पीडितलाई फागुन १ आउनु र नआउनुसँग कुनै मतलव छैन। गाउँ पहिलेभन्दा त फेरिएको छ। हिजो समानताका लागि भनेर लडिएको थियो। तर जुन आशा र कल्पनाले बन्दुक बोकियो त्यसो भने भएन।

२०५९ साल आसोज ६ मा बारीमा हलो जोत्दै गरेका ४९ वर्षीय श्रीमान् सुकमन कामीलाई प्रहरीले छिमेकी गाविस सेरमको घुस्बाङमा लगी गोली हानेर मारेको सुनेकी ६१ वर्षीया लालमता कामीले लाशसमेत पाइनन्। ‘एकै दिन १२ जना गाउँलेलाई लगेर मा¥या हुन्। सबैले म¥यो भने। लाश नपाए पनि मरेको मानियो,’ लालमताले सुनाइन्। ‘असोजमा जोडालाई मारे, त्यही फागुनमा प्यूठान मजदुरी गर्न हिँडेको छोरा २० वर्षीय नरबहादुर विकलाई पनि बेपत्ता बनाए,’ लामो सास फेर्दै एकै सासमा भनिन्। ६ महिनाको अन्तरालमा श्रीमान्को हत्या अनि छोरा बेपत्ता भएपछि लालमता विक्षिप्त बनिन्।

श्रीमान्को लाश नदेखे पनि छोरा आउने आशामा उनका धेरै दिन बिते तर अब आउँदैन कि जस्तो लाग्न थालेको छ। कामीलाई त्यो दस वर्षे जनयुद्धले दिएको पीडाभन्दा अरु केही थाहा छैन। न उनले कुनै परिवर्तनको अनुभूति गरिन् न त उनका गाउँमा कसैले अनुभव गरे। छोरासँगै प्यूठान मजदुरी गर्ने कसैले खुसुक्क छोरा बेपत्ता बनाएको खबर पठाएपछि जानकारी पाएकी लालमताले न छोरा खोज्न सकिन्, न त कसैले खोजिदियो। ‘हाम्रा लागि कसले के गथ्र्यो र ? ठूला, धनी भएको भए पो। न हाम्ले मान्छे चिन्याछम्, न त हाम्रो कोही छ,’ उनले भनिन्। लालमता अहिले पनि न्यायको आशमा छिन् तर विश्वास छैन।

विगत १० वर्षे द्वन्द्वको समयमा रोल्पामा मारिएका ९ सय ६९ मृतक र ३३ बेपत्ताका परिवारसँगै युद्धको चपेटामा परेका हजारांै पीडितलाई फागुन १ आउनु र नआउनुसँग कुनै मतलव छैन। ‘गाउँ पहिलेभन्दा त फेरिएको छ। हिजो समानताका लागि भनेर लडिएको थियो। तर जुन आशा र कल्पनाले बन्दुक बोकियो त्यसो भने भएन। सबै बराबरीको नारा थियो। सानो ठूलो कोही हुन्न भनिन्थ्यो। के गर्नु सोचे जस्तो नहुने रैछ,’ जेल्वाङमा होटल गरी बस्ने पूर्र्वलडाकु तथा घाइते सुकमाया बूढा सामनाले भनिन्, ‘आफ्नो मेलो आफैँ गर्नु पर्ने रैछ। केहि परिवर्तन त भयो तर हामिलाई होइन नेतालाई मात्र भयो। जनताको सपना आखिर सपनै हुँदा रैछन्।’

फागुन १ लाई महŒव दिएर हेर्ने धरै छन् तर असन्तुष्ट छन्। ‘नेपाली माओवादी आन्दोलनमा विषेश महŒव राख्ने दिन हो। परिवर्तनलाई सस्थागत ग¥यो। यो परिवर्तन आवश्यक थियो तर आज २३ वर्षपछि जनयुद्धको नेतृत्व विचलनमा हिँड्यो। लक्ष्य पूरा नहँुदै आन्दोलन तुहाइयो। जनताका अपेक्षा र सपना निराशामा परिणत भयो,’ पूर्वलडाकुका कम्पनी कमाण्डर उमेश कालामगर भन्छन्। उता २०६० चैतमा बेनी घटनामा एउटा खुट्टा गुमाएका पञ्चबहादुर विक पनि समय फेरिए पनि अवस्था नफेरिएकोमा खिन्न छन्। ‘कसलाई के भन्ने ? आफ्नो दुःख आफैंसँग छ।’

‘इतिहासमा बिरलै आउने घटना हो। दुनियाँ बदल्न शपथ खाएको दिन २०५२ साल फागुन १ हो। अहिलेको राजनीतिक परिवर्तन जनयुद्धको जगमै भएको हो। तर पनि आजको अवस्थासँग म सन्तुष्ट चाहिँ छैन। अपेक्षाअनुसार जनजीविकामा परिवर्तन आउन सकेन। जनताका सपना विपना हुने दिन आएन। हिजोको केही नेतृत्वमा स्खलन आएको छ। कोही थाकेका पनि छन्,’ पूर्वलडाकुका बिग्रेड सहकमान्डर बिनप्रसाद पुन भन्छन्।

प्रकाशित: १ फाल्गुन २०७५ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App