१६ चैत्र २०८० शुक्रबार
राजनीति

आवश्यकता हेरेर सभापति पनि लड्न सक्छु : गगन थापा

गोरखा- नेपाली कांग्रेसका केन्द्रिय सदस्य  गगनकुमार थापाले आउँदो महाधिवेशनमा आफु पार्टी सभापति सम्म लड्न सक्ने बताएका छन्। नेपाल प्रेस युनियन गोरखाले आज बिहान गोरखा सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने ‘त्यतीबेलाको अवस्था (कथाले) के माग्छ त्यो अनुसार महामन्त्री , सभापतिसम्म लड्न सक्छु, ति पदमा मेरो आवश्यकता भएन भने केन्द्रिय सदस्यमै रहनपनि सक्छु।’ नेता थापाले पहिलो पुस्ताको नेताले भने विश्राम लिनुपर्नेमा जोड दिए। अबको महाधिवेशन पहिलो पुस्ताले विश्राम लिने महाधिवेशन हुने दावी उनको थियो।

नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ बिघटनको बिचमा शीर्ष नेताहरु बिचको बिवाद प्रति लक्षित गर्दै उनले अबको केन्द्रिय समितिको बैठकले टुङ्गो लगाउने बताए। ‘नेविसंघको अवस्था जटिल बनेको छ, पार्टीले निर्णय गरेर अगाडि बढ्ने बेला आएको छ, यो अवस्था लम्ब्याउन हुँदैन’ उनले भने। शीर्ष नेताहरु बिचको सम्बन्ध राम्रो भएका बेला बिधानको आवश्यकता नठान्ने र सम्बन्ध नराम्रो नभएका बेला विधान पल्टाउने परिपाटीको अन्त्य गर्दै सबै काम विधान सम्वत गर्न कांग्रेसका शीर्ष नेतालाई उनको सुझाब छ।

सरकारले गरेको काम र अवस्था प्रति लक्षित गर्दै उनले कांग्रेसले बिगतको उपलब्धि, पार्टीले गरेको काम, योगदानलाई प्रचार गरेर मात्रै नभई अव के गर्ने भन्ने योजनामा जनतालाई आस्वस्त पार्नुपर्नेमा जोड दिए। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले माओवादी फेरी जन्मन सक्छ भनेको भनाई लाई लक्षित गर्दै उनले भने ‘ओली र प्रचण्ड दुई ब्यक्ति मिलेर नेकपा बनेको थियो, अहिले दुई ब्यक्ति बिच बिवाद भएपछि यस्तो अभिब्यक्ति आयो, यो पार्टीको नभई ब्यक्तीगत मिलन र झगडा हो।’ नेकपालाई मिलेर संविधानको कार्यन्वयन गर्न सुझाब दिँदै उनले भने ‘सरकारले एक वर्षसम्म केही गरेन, यो अवस्था हेर्दा अव चार वर्ष सम्म पनि केही गर्न सक्दैन।’

प्रकाशित: २७ माघ २०७५ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App