coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भेनेजुयला प्रकरणमा मेरो लाइन क्लियर छ : अध्यक्ष दाहाल

फाइल तस्बिर

चितवन –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताएका छन। 

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले बिहीबार चितवनमा आयोजना गरेको वत्रकार सम्मेलनमा आफुले जारी गरेको विज्ञप्ती प्रष्ट्र पारेका हुन। एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने “परराष्ट्र मन्त्रालयबाट जो स्टेटमेन्ट जारी भयो त्यो पनि मूलतः त्यही स्प्रिटमा नै आयो ।” 

मंगलबार प्रधानमन्त्रीको सचिवालय बैठकले पनि हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी गरेकाले अब अरू कुराको अर्थ केही नलाग्ने नेकपा अध्यक्ष दाहालले स्पष्ट पारे। फरक प्रसंगमा उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्री देशबाहिर रहेका अबस्थामा विभिन्न देशका राजदूतहरुले शान्ति प्रक्रियाका विषयमा जारी गरेको विज्ञप्तिलाई नेपालको मामिलामाथिको अनावश्यक चासो लिएको टिप्पणी गरेका छन।

प्रकाशित: २४ माघ २०७५ ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App