coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भेनेजुएला प्रकरणमा जारी विज्ञप्ति आधिकारिक : दाहाल

काठमाडौं-  भेनेजुयलाको राजनीतिक संकटको बिषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो वक्तव्य आधिकारिक भएको बताएका छन्। दाहालको सचिवालयले आज विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष र नेपाल सरकारद्वारा जारी वक्तव्य नै आधिकारीक भएको स्पष्ट पारेको हो।

केही सञ्चार माध्यमहरुले विषयलाई अतिरञ्जित ढंगले तोडमरोड गरी भ्रम श्रृजना गर्न खोजेको प्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको बताएको छ। भ्रामक र कपोलकल्पित समाचारको पछि नलाग्न सबैमा आग्रह सचिवालयले आग्रह गरेको छ।

दाहालको वक्तव्य प्रति अमेरिकाले चासो व्यक्त गरेको थियो। अमेरिकाको चासो पछि सरकारले समेत विज्ञप्ति जारी गरेको थियो।

 

प्रकाशित: १८ माघ २०७५ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App