३० असार २०७७ मंगलबार
राजनीति

डा. केसी कसैको काँध चढ्नु पर्ने व्यक्ति होइनन् : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगन थापाले डा. गोविन्द केसीसँग एक भएर लड्ने बताएका छन्। बिहीबार डा. केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थाले भने, 'डा. केसी हाम्रो काँध चढ्नु पर्ने मान्छे होइन। हाम्रा मुद्दा मिल्दा हामी एक ठाउँ हुने हो। चिकित्सा शिक्षा विधेयकको विषयमा उहाँ र हाम्र कुरा मिलेका छन्। हामी एक ठाउँ बसेर लड्छौं।'

डा. केसी २३ दिनदेखि अनशनरत छन्। इलाम पुगेर अनशन बसेका केसीलाई स्वास्थ्य विग्रिएपछि काठमाडौं ल्याइएको थियो।

प्रकाशित: १७ माघ २०७५ १७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App