५ आश्विन २०७७ सोमबार
राजनीति

डा. केसी अनशन तोड्नुहोस् : देउवा

काठमाडौं- चिकित्सा शिक्षामा सुधारको माग राख्दै २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई भेट्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

अनशनरत डा. केसीलाई भेटेर देउवाले अनशन तोड्न आग्रह गरे। उनले भने, 'सरकार असहिष्ण भयो।  हामी नीतिगतरुपमा बाँधियौं। अनशन तोड्नुहोस् नयाँ तरिकाले लडौंला', उनले भने, 'दुवै संसद अवरुद्ध गरेर हामीले चिकित्सा शिक्षा विधेयक रोक्न खोजेका थियौं तर हाम्रो बल पुगेन। हामी सँधै तपाईको साथमा छौं।'

तस्बिर : केशव थोकर

 

प्रकाशित: १७ माघ २०७५ १६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App