८ वैशाख २०८१ शनिबार
राजनीति

वाइड बडी जहाज खरिद प्रकरणमा शतप्रतिशत निर्दोष छु : मन्त्री अधिकारी

काठमाडाैं - नागरिक उड्डयन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले वाइड बडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारमा आफ्नो कुनै संलग्नता नरहेको प्रस्ट्याएका छन्। नागरिक फ्रन्टलाइनमा कुरा गर्दै पर्यटनमन्त्री अधिकारीले आफू मन्त्री भएको बेला वाइड बडी जहाज खरिदको किस्ता रोक्ने अवस्था नरहेको बताएका छन्। उनले भने, ‘मैले त्यसबेला यो रोकेको भए उल्टै कमिसनको चक्करमा जहाज ल्याउन दिएन भन्थे ।’ उनले अझ स्पष्ट पार्दै भने, ‘मैले आफूले वाइड बडीको बाँकी किस्ता पठाएको हैन, यो त प्रक्रियागत गरिकाले गएको हो, मेरो ठाउँमा जो भएको भए पनि हुने यही नै थियो।’

पुरा भिडियो यस लिङ्कमा https://youtu.be/bxHwejmGneI

आफू मन्त्री भएका बेला जहाज नै थिएन, यो हल्ला मात्र गरिएको भ्रम बरु आफूले चिरेको उनको भनाइ थियो। वाइड बडीमा भएको भ्रष्टाचारमा अदालत, छानबिन गर्न बनेका समिति, अख्तियारले यसलाई गहिरो ढंगले छानबिन गर्नुपर्ने पनि उनले बताएका छन् । साथै उनले आफू मन्त्री हुनु र यो सरकार गठन हुनुअगावै देखि यसको छानबिन हुनुपर्ने जिकिर गरेका छन्। उनले थपे, ‘छानबिनको केसमा  यो समितिले सक्दैन भने अर्को समिति बनाएर भए पनि छानबिन गर्नुपर्छ।’

नेपालमा हुने गरेका ठूला भ्रष्टाचारका केसमा यो खालको राजनीतिक चलखेल किन हुन्छ भन्ने प्रश्नमा उनले भने, यसमा धेरैखाले कारण हुन्छन्। कोहीको त मौका यही हो, छोपी हालौं भन्ने पनि हुन्छन्, सरकारको काम र ठूला परियोजना सफल हुन नदिने पनि चलखेल हुन्छन्।’ वाइड बडीमा भएको अनियमितता खोज्ने तर, यसको प्रक्रिया रोक्न नहुने पनि उनले बताए। साथै आफू मन्त्री भएकै बेला जहाज खरिद प्रकरणमा भएका भ्रष्टाचार सबैका सामु ल्याउने पनि उलने प्रतिबद्धता जनाए। वाइड बडीमा भएको भ्रष्टाचारको सत्यतथ्य कहिले आउँछ भन्ने प्रश्नमा उनले भने, ‘अब ३ महिनाभित्र यसको सम्पूर्ण सत्यतथ्य बाहिर आउँछ।’ 

 

प्रकाशित: १६ माघ २०७५ १३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App