coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुई राप्रपा मिल्ने

काठमाडौं – पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीबीच एकीकरण हुने भएको छ।

बुधबार दुई पार्टी अध्यक्षहरुले पार्टी एकीकरणको समझदारी पत्रमा हस्ताक्षर गर्नेछन्। बिहीबार एकीकृत पार्टीको कार्यसम्पादन समितिको बैठकपछि शुक्रबार मात्र पार्टी एकीकरणको औपचारीक घोषणा गर्ने दुई पार्टीका नेताहरुबीच सहमति छ। दुवै पार्टी अध्यक्ष रहनेगरी एकीकरण गर्ने सहमति गरेका छन्।

शुक्रबार १८ गते १ बजे राष्ट्रियसभा गृहमा एकीकरण घोषणा कार्यक्रम रहेको जानकारी दिँदै राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले भने, ‘पार्टी सामुहीक नेतृत्वको अवधारणमा अघि बढ्छ।’

प्रकाशित: १६ माघ २०७५ ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App