coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काङ्ग्रेसलाई जिम्मेबार प्रतिपक्ष बन्न आग्रह

नुवाकोट- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अहिले जिम्मेवार प्रतिपक्षको खाँचो भएको बताएका छन्।

नुवाकोटमा आयोजिक एक कार्यक्रममा उनले नेपाली काङ्ग्रेसलाई जिम्मेवार प्रतिपक्ष बन्न आग्रह गरेका हुन्। देशलाई समृद्धिमा लैजाने जिम्मेवारी वर्तमान सरकारको काँधमा रहेको उल्लेख गर्दै उनले प्रतिपक्षको भूमिका हिंसात्मक आन्दोलनको नभई रचानात्मक भूमिकाको खाँचो रहेको बताए।

उनले नेपालले ठूला पार्टी एकीकरण हुँदा सानातिना अल्झनहरु आउने बताउँदै यसलाई मिलाएर लैजानुपर्नेमा जोड दिए। उनले स्थानीय तहमा पनि छिट्टै नेकपाले पूर्णता पाउने बताए। चिकित्सा शिक्षा विधेयकमाथि टिप्पणी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उनले डा गोविन्द केसीले राखेका सबै माग पूरा भएको जिकिर गरे। उनले केही माग छुट भएको भए सम्बोधन गर्न सरकार तयार रहेको समेत जानकारी गराए।

कार्यक्रममा सांसद हितबहादुर तामाङ र नारायणप्रसाद खतिवडा, प्रदेश नं ३ की उपसभामुख राधिका तामाङ, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित लगायतले आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रममा २० ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरिएको थियो। रासस

 

प्रकाशित: १४ माघ २०७५ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App