१५ चैत्र २०८० बिहीबार
राजनीति

काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्नुपर्‍यो : महानगर

काठमाडौं- काठमाडौं महानगरपालिकाले  काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्नुपर्ने माग गरेको छ। काठमाडौं उपत्यका विकास प्राधिकरण र महानगरपालिका विच  भवन निर्माण आचारसंहिता र मापददण्डको क्षेत्राधिकार सम्बन्धि विवाद चर्किएसँगै महानगरपालिकाले प्राधिकरण  खारेजी हुनुपर्ने माग गरेको हो।

महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले सोमबार पत्रकार सम्मेलन गरेर महानगरपालिक र प्राधिकरण बीच भवन निर्माण आचारसंहिता तथा मापदण्ड एकअर्कोमा बाझिएसँगै प्राधिकरण नै खारेजी गर्नुपर्ने माग राखेका छन्।‘महानगरभित्र काम गर्ने  अर्कै छन्। तर, दोष मात्रै महानगरपालिकाले खेप्नुपर्ने अवस्था आएको छ,’  प्रवक्ता डंगोलले भने,‘महानगरपालिकाभित्रका सम्पूर्ण काम गर्ने जिम्मेवारी महानगरपालिकालाई दिनुपर्‍यो। राम्रो/नराम्रो सम्पूर्ण जसअपजसको भागी हामी हुन्छौं।’

प्रवक्ता डंगोलले  महानगरपालिकाले जिम्मेवारी बाहेका कार्यको समेत महानगरपालिकाले नैतिक जिम्मेवारी लिनुपर्ने बाध्यतात्मक अवस्था रहेको गुनासो गरे।

‘महानगरभित्रका आठ मिटरभन्दा कमका सडक मात्रै महानगरपालिको जिम्मेवारी भित्र पर्छ। तर, अन्य सडकका दोष जति सबै महानगरपालिकाले लिनुपर्ने अवस्था छ,’ उनले भने,‘महानगरपलिकाभित्र हुने विकास निर्माणको कार्यमा कसैले पनि महानगरसँग समन्वय गर्दैनन्। तर, दोष जति सबै महानगरपालिकाले लिदैं आइरहेको छ। त्यसैले महानगरपालिका भित्रको सम्पूर्ण कार्यको जिम्मेवारी महानगरपालिकालाई दिनुपर्ने आवश्यकता छ।’

प्रवक्ता डंगोलले महानगरपालिकाले महानगरपालिकाभित्र हुने सम्पूर्ण पूर्वाधार व्यवस्थापन गर्न सक्षम रहेको दावी गरे। ‘महानगरभित्रका सम्पूर्ण पूर्वाधारको व्यवस्थापन गर्ने जिम्मेवारी सुम्पिनुहोस्। हामी काम गरेरै देखाइदिन्छौं,’ प्रवक्ता डंगोलले भने,‘अब सरकारसँग महानगरपालिकाभित्रका सम्पूर्ण गतिविधीको जिम्मेवारी महानगर मातहत ल्याउने प्रयत्न गरिरहेका छौं।’

प्रवक्ता डंगोलले  सरकारले महानगरभित्रका सम्पूर्ण पूर्वाधारको जिम्मेवारी महानगर मातहत ल्याउन पहलकदमी गरिने बताए।‘महानगरभित्र एक दर्जनभन्दा धेरै सरकारी निकाय रहेका छन्। प्रत्येक निकायसँग समन्वय गर्दै काम गर्न समस्या भइराखेको छ,’ उनले भने,‘महानगरपालिकालाई शक्तिशाली बनाएर जिम्मेवार बनाउन जरुरत भइसक्यो।’ महानगरपालिकालाई शक्तिशाली बनाउन सरकारसँग आवश्यक पहलकदमी गरिने उनको भनाई रहेको छ।

 पछिल्लो समय काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरण विच भवन निर्माण आचारसंहितामा विवाद देखिएको छ। महानगरपालिको महानगरभित्र ७५ फिट अग्लो घर बनाउन सकिने मापदण्ड ल्याएको छ। तर, काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंमा ५५ फिट अग्लो घर बनाउन नपाइने मातदण्ड छ। जसको कारणले अहिले दुवै निकाय विच भवन निर्माण आचारसंहिताले जुहारी चलेको छ। प्रवक्ता डंगोलले प्राधिकरणले नियतवंश ढंगले ५०–६० घरलाई लक्षितगरेर आफूखुसी ढंगले रोक्का गरेको आरोप लगाए । ‘प्राधिकरणले आफ्नो अनुकुल नभएको घरको  भवन निर्माण रोक्का गर्दै आइरहेको छ,’ उनले भने,‘जुन अव्यवहारिक छ। महानगरभित्र ८० प्रतिशतभन्दा धेरै घर भवन निर्माण आचारसंिहता विपरित रहेको छ ।तर, त्यो तर्फ ध्यानै पुगेको छैन।’

 

 

 

 

 

प्रकाशित: १४ माघ २०७५ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App