२४ असार २०७७ बुधबार
राजनीति

भेनेजुयलामाथि अमेरिकी हस्तक्षेपको नेकपाद्वारा भर्त्सना

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भेनेजुयलामा भएको पछिल्लो राजनीतिक घटनाक्रममा अमेरिकाले गरेको हस्तक्षेपको विरोध गरेको छ।

शुक्रबार पार्टीका तर्फवाट प्रेस विज्ञप्ती जारी गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रजातान्त्रिक निर्वाचन प्रक्रियामार्फत चुनिएका वैधानिक राष्ट्रपति निकोलस माडुरोलाई मान्यता नदिई आफूलाई राष्ट्रपति घोषणा गरेका हुवान गुवाइदोलाई अन्तर्राष्ट्रिय रुपमा वैधानिकता दिएको भन्दै आपत्ती जनाएका हुन।

“भेनेजुयलाका जनतालाई विभाजित गरी प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौती दिई हिंसा बढाउने मनसायसहित भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका गठबन्धन राष्ट्रले गरेको हस्तक्षेपको नेकपा भर्त्सना गर्दछ”, अध्यक्ष दाहालको विज्ञप्तिमा उल्लेख गरिएको छ। अध्यक्ष दाहालले भेनेजुयलामाथिको पछिल्लो व्यवहार संयुक्त राष्ट्र संघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वमाथि गम्भीर चुनौती भएको स्पष्ट पारेका छन।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App