coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसदमा कांग्रेसको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधले प्रनितिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। 

आफ्ना नेताको नाममा खोलिएको अस्पताललाई वर्तमान सरकारले वेवास्ता गरेको भन्दै कांग्रेसले आजको बैठकमा पनि अवरोध ग-यो। दिउँसो ३ बजे बसेको बैठकमा कांग्रेस नेता प्रकाशमान सिंह बोलेका थिए। उनले अस्पतालको नाम हटाएकोमा आपत्ति जनाउँदै यसबारे सरकारले सच्याएर स्पष्ट जानकारी नदिएसम्म अवरोध कायमै रहने घोषणा गरे। त्यसलगत्तै कांग्रेस सांसद उठेर सभामुखको रोष्टम घेराउ गरेका थिए।  

कांग्रेसको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले सदनको कामकारवाही अघि बढाउने प्रयास गरेका थिए। तर कांग्रेस सांसदले नाराबाजी गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। 

सरकारले गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँको श्वासप्रश्वास केन्द्र र सुशील कोइरालाका नाममा बाँकेमा क्यान्सर अस्पताल पूर्वाग्रही रूपमा संघीय सरकार मातहतबाट हटाउने प्रक्रिया अघि बढाएको भन्दै कांग्रेसले संसदमा अवरोध गरिरहेको छ।

प्रकाशित: ८ माघ २०७५ ०९:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App