१५ चैत्र २०८० बिहीबार
राजनीति

पार्टी भित्रको गुटवन्दी नेतृत्वले व्यवस्थापन गर्नुपर्छ : पौडेल

तस्बिर : मुक्ति/नागरिक

पाल्पा – पार्टी सिद्धान्त र व्यवहारको संयोजन भएकोले विचारमा गुटबन्दी हुने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । विचारमा फरक मत हुने भए पनि त्यसको व्यवस्थापन नेतृत्वले गर्नुपर्ने पौडेलले बताएका हुन् । पौडेलले नेकपा दुई तिहाईको दम्भका कारण गलत बाटोमा हिँडिरहेको बताए।

कांग्रेसका वरिष्ठ नेता पौडेलले पार्टीभित्र विचारमा वादविवाद, संवाद, एकता, प्रतिवाद सामान्य विषय भएको बताए। उनले गत महासमितीको बैठकले पार्टीलाई लोकतान्त्रिक बनाउने कार्य गरेको बताए। सोमबार पाल्पामा पार्टीका कार्यकर्तासँग भेटघाटका क्रममा उनले कार्यकर्ताले नेतालाई दोष लगाउनुभन्दा कार्यकर्ताले नेतालाई खबरदारी गर्नुपर्ने बताए। उनी भन्छन्, ‘विपक्ष दलको नेताविना संबैधानिक आयोग प्रमुखको नियुक्ति गलत छ। आयोगलाई कम्युनिष्टको भर्ती केन्द्र बनाएर सुशासनको प्रत्याभूति हुन सक्दैन।’

कांग्रेसलाई क्यान्सर : भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेसलाई क्यान्सर लागेको बताए। ‘कांग्रेसको अपरेशसन गर्ने समय भएको छ, यसका लागि डाक्टर पनि सहि चयन गर्नुपर्छ, भण्डारीले भने, २/३ जनाले पार नलाग्न पनि सक्छ । नेता र नेतृत्व दुवै कार्यकर्ताले मूल्याङ्कन गर्ने समय हो।’ उनले अहिलेको सरकारका तलका मानिसहरु डोजर र माथीका हवाईजहाजबाट सञ्चालित रहेको व्यङ्ग्य गरे। उनी भन्छन्, केपी ओली सपना बाँड्नुहुन्छ । जनता नबुझि नबुझि पछि पछि लाग्दैछन् । सपनाले विकास हुँदैन।’
युवा नेता भण्डारीले कांग्रेस आफ्नै कारणले गलत बाटोमा अगाडी बढीरहेको बताए । उनले कांग्रेसलाई सुधार गर्न युवा विदेश जाने होईन । स्वदेशमै बसेर काम गर्नुपर्छ। उनी भन्छन्, ‘देश आईसीयुमा जान लागिसक्यो । युवा सबै विदेश हिँडे । विकास कसले गर्ने । कसले देशलाई बचाउने ।’

प्रकाशित: ७ माघ २०७५ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App