coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गुट उपगुट होइन, पार्टीको सिद्धान्त समात्नुस् : पौडेल

वालिङमा आयोजित पार्टी नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बाेधन गर्दै कांग्रेस नेता रामचन्द्र पाैडेल। तस्बिर : माेहन/नागरिक

स्याङ्जा - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका नेता तथा कार्यकर्तालाई गुट, उपगुट निर्माणमा नभई पार्टी बनाउन आग्रह गरेका छन्। आइतबार वालिङमा आयोजित पार्टी नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘गुट उपगुट होइन पार्टीको सिद्घान्त समात्नुस्।’

राष्ट्रियता, लोकतन्त्र र समाजवाद पार्टी सञ्चालनको कार्यदिशा र कार्यभार भएको उनले बताए। ‘व्यक्ति भन्दा पार्टीकाे मूल्य र मान्यता प्रधान हो,’ उनले भने, ‘पार्टीमा व्यक्ति भन्दा विचार, सिद्धान्त र आदर्श प्रधान हुन्छ।’

महासमिति बैठकबाट सभापतिसँग भावनात्मक एकता भएको उनले दाबी गरे। महासमितिले आफुहरुलाई पार्टी हितका लागि एकता हुने म्याण्डेट दिएको उनले बताए। ‘पार्टी सभापति, महामन्त्री र मैले एकताको सन्देश हातमा हात, काँधमा काँध मिलाएर दिएका थियौं,’ उनले भने। पार्टी सभापतिसँगको सल्लाह बमोजिम आफु नेता तथा कार्यकर्ता भेटघाट दौडमा निस्किएको उनले प्रष्ट पारे।

आफ्नो देश दौडाहा कार्यक्रम महासमिति वैठक अगावै तय भएको नेता पाैडेेलले जानकारी दिए। ‘मेरो कार्यक्रम पूर्वनिर्धारित कार्यक्रम हो,’ उनले भने, ‘महासमिति बैठक अगाडी गर्दा बैठक रोकिन्छ भन्ने पीरले देश दौड कार्यक्रम रोकेको हुँ।’ देश दौडमा निस्के महासमिति बैठक नहुने भन्दै पार्टी सभापतिको आग्रहमा रोकेको उनले बताए।

नेता कार्यकर्ताले नेतृत्वको अलोचना मात्र नभई मूल्याङ्कन समेत गर्नुपर्ने उनले बताए। उनले भने, ‘हिजोको नेता तथा कार्यकर्ताले नेतृत्वको मूल्याङ्कन गर्थे। अहिले अलोचना बाहेक केही छैन।’ नेता र कार्यकर्ताले नेतृत्वको मूल्याङ्कन गरेमा नेतृत्वले अवश्य पनि मूल्याङ्कन गर्ने उनको जिकिर थियो।

यसैगरी कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले नेतृत्वलाई बिगार्ने कार्यकर्ता भएको आरोप लगाए। उनले भने, ‘नेतृत्वमा कुनै समस्या छैन। कार्यकर्ता नै यो र त्यो एलाइन्स भन्न रुचाउछन्।’ स्थानीय तह देखि नै पार्टी नेता र कार्यकर्ता एक मन एकताका साथ लाग्नुपर्नेमा उनले जोड दिए। 

फरक प्रसंगमा वाइड बडी प्रकरणमा पार्टीको सांसदहरुले 'वा’ पनि उच्चारण नगर्नु शंकास्पद रहेको उनले बताए। ‘संसदमा हाम्रो माननीयहरु किन भ्रष्टचार विरुद्ध आवाज बुलन्द गर्न चाहँदैन, सक्दैन,’ उनले भने, ‘माननीयहरुको भूमिका पनि शंकास्पद छ।' ओली सरकार भ्रष्टचारीको चंगुलमा फस्दै गएको दाबी गर्दै उनले त्यसको विरुद्ध सडक र सदन तताउन अपरिहार्य रहेको बताए। भ्रष्टचार विरुद्धको अभियान सञ्चालनका लागि अगामी माघ १० गतेको बैठकमा आफु लगायत केही युवा नेताहरुले बैठकको एजेण्डा लाने समेत उनले जानकारी दिए।

प्रकाशित: ६ माघ २०७५ ११:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App