८ वैशाख २०८१ शनिबार
राजनीति

उपेन्द्र यादव मधेसविरोधी : डा. कोइराला

बारा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संघीय समाजवादी फाेरम नेपालका अध्यक्ष तथा ओली सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव मधेसविरोधी भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस नगर कार्य समिति महागढीमाई नगरपालिका बरियारपुरले गढीमाई मन्दिर क्षेत्रमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै डा. कोइरालाले उपेन्द्र यादवले मधेसीको हक अधिकारभन्दा निजी स्वार्थमा लागेर मधेसविरोधी काम मात्रै गरेको आरोप लगाए।

मधेसी जनतालाई अधिकार दिन नचाहने भन्दै पहिला कम्युनिस्टको विरोध गरेर मधेसमा राजनीति गरे पनि अहिले आएर यादवले मधेसी समुदायको मान र सम्मानलाई तल राखेर ओली सरकारमा गएको आरोप लगाए। ओली सरकारले अहिले लोकतन्त्र र जनभावनाविपरीत कार्य गरेको र त्यसमा उपेन्द्र यादवको पनि समर्थन रहको कोइरालाले बताए।
२०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र २०७२ सालमा संविधान घोषणा गरेका तत्कालीन प्रधानमन्त्री शुशील कोइरालको नाममा खोलिएको अस्पताल बन्द गरेर ओली सरकारले देशमा तानाशाही लाद्न खोजेको आरोप लगाए।

निर्मला पन्तको हत्यारालाई अहिलेसम्ममा सार्वजनिक गर्न नसकेको, वाइड वडी खरिद प्रकरणमा साढे चार अर्बको भ्रष्टाचार भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप कारबाही गर्न फाइल बुझाउन आलटाल गरेर सरकारले बलात्कारी र भ्रष्टाचारी बचाउन खोजेको र यसको प्रतिवाद प्रतिनिधि र प्रदेशसभामा कांग्रेसले गर्न नसकेको उनले बताए। कार्यक्रममा केन्द्रीय सदस्य राजेचन्द यादव र कल्याण गुरुगले देशबाट कम्युनिस्टले लोकतन्त्रलाई हटाएर एकतन्त्रीय तानाशाही शासन लाद्न सुरु गरको र त्यसको प्रतिकार गर्न कांग्रेसका कार्यकर्ता तयार राख्न सुझाव दिए।

प्रकाशित: ६ माघ २०७५ ०१:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App