७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसका पूर्वसांसद नेकपा प्रवेश

काठमाडौँ- नेपाली काँग्रेसका पूर्वसांसद तीर्थराज भूसाल काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्। नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहालले नेका चितवन जिल्लाका पूर्वसभापतिसमेत रहेका भूसाललाई स्वागत गरे। 
भूसाल २०४९ सालमा नेपाली काँग्रेसको चितवन जिल्ला सभापति रहेका थिए। त्यस्तै २०५० सालमा राष्ट्रिय सुकुम्बासी आयोगका अध्यक्ष र २०५१ सालको आम निर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए। 
नेकपा प्रवेश गर्दै भूसालले मुलुकलाई समृद्ध बनाउन नेकपा र नेकपा नेतृत्वको सरकार सक्षम रहेको बताए।

 

प्रकाशित: ५ माघ २०७५ १३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App