१६ चैत्र २०८० शुक्रबार
राजनीति

कांग्रेस नेता पोखरेल गाडी फिर्ता गरी इ-रिक्सामा घर फर्किए

रुपन्देही - प्रदेश ५ काे प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी संसदलाई नै फिर्ता गरेका छन्। प्रदेशसभाले खरिद गरेको ११ वटा टाटा स्ट्रोम गाडी महंगोमा खरिद गरिएको भन्दै सार्वजनिक लेखा समितिले छानबिन गर्न थालेपछि विपक्षी दलका नेता पोखरेलले आफूले चढ्दै आएको गाडी शुक्रकार संसद सचिवालयमा बुझाएका हुन्।

नेता पोखरेलले विवादमा आएको स्ट्रोम गाडी नै चढ्दै आएका थिए। उनले चढ्ने लु १ झ ४४७ नं. को गाडीको चावी संसद सचिवालयका सचिव दुर्लभकुमार पुन मगरलाई बुझाएर आफू इ-रिक्सा चढेर घर फर्किएका हुन्। प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका पोखरेलले सार्वजनिक लेखा समितिले आफूले चढेको गाडीमा आर्थिक अनियमितताको आशंकामा छानबिन भइरहेकाले विवादस्पद गाडी चढ्न उपयुक्त नभएकाले फिर्ता गरेको बताए। ‘नैतिकताको आधारमा गाडी फिर्ता गरेको हुँ’ नेता पोखरेलले भने।

प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिवलगायतलाई भन्दै हालै ११ वटा (टाटा स्ट्रोम) गाडी खरिद गरेकाे थियो। यसअघि विभिन्न सञ्चार माध्यममा समाचार आएपछि पुस २७ गते सार्वजनिक लेखा समितिका सभापति डिल्ली बहादुर चौधरीले पनि सचिवालयले उपलब्ध गराएको  लु १ झ ४४१ नम्बरको टाटा स्ट्रोमकै गाडी फिर्ता गरेका थिए। नेपाली कांग्रेसका सांसदहरुले धमाधम गाडी फिर्ता गर्न थालेका छन्। सार्वजनिक लेखा समितिले भने कागजपत्र झिकाएर छानबिन गरिरहेको छ। 

प्रकाशित: ४ माघ २०७५ १५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App