१६ चैत्र २०८० शुक्रबार
राजनीति

वर्तमान शिक्षा प्रणाली बेरोजगार उत्पादन केन्द्र : मुख्यमन्त्री गुरुङ

दुलेगौँडा (तनहुँ) - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान शिक्षा प्रणाली बेरोजगार उत्पादन केन्द्र बनेको टिप्पणी गरेका छन्।  ‘विज्ञान र प्रविधिले फड्को मारेको वर्तमान समयमा नेपालको शैक्षिक प्रणाली परिर्वतन हुन नसक्दा विद्यार्थीहरुको हातमा सर्टिफिकेट मात्रै छ, सिप छैन्’, मुख्यमन्त्री गुरुङले भने। प्रदेश सरकारले स्थापना गर्न लागेको प्रादेशिक विश्वविद्यालयले सिपमुलक र रोजगारमुलक शिक्षा दिने उनको दाबी छ।

शुक्लागण्डकी–६ खैरेनीटारस्थित खैरेनी माविको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले च्याउ उम्रिएजस्तै क्याम्पसहरु स्थापना भएकै कारण अस्तित्व रक्षाको संकटमा परेको धारणा राखे। सिपमुलक र रोजगारमुलक प्राविधिक शिक्षा दिन प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेकाे मुख्यमन्त्री गुरुङ जानकारी दिए। ‘विश्वविद्यालयबाट सर्टिफिकेटसँगै सिप पनि प्रदान गरिन्छ’, उनले दाबी गरे।

‘नेपालमा भएका विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिन सकेका छैनन्। अनुसन्धान त शुन्य नै छ’, उनले अगाडी भने, ‘हामीले राजनीतिकरणबाट मुक्त भएको अनुसन्धानमुलक शिक्षा दिने विश्वविद्यालय स्थापनाको परिकल्पना गरेका छौँ।’ राजनीतिक प्रभावका कारण विश्वविद्यालयहरु धाराशायी बनेको गुरुङको आरोप छ।

प्रकाशित: ४ माघ २०७५ १३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App