३१ असार २०७७ बुधबार
राजनीति

प्रधानमन्त्री ओली आइतबार स्विट्जरल्याण्ड जाने

फाइल तस्बिर

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्विट्जरल्याण्डको डेभोस जाने भएका छन्। 'वर्ल्ड इकोनोमिक फोरम' को ४९ औं वार्षिक बैठकमा सहभागी हुन उनी आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्। फोरमको बैठक जनवरी २२ देखि २५ तारिकसम्म सञ्चालन हुनेछ।

प्रधानमन्त्री ओलीले बैठकलाई २२ र २३ तारिकमा सम्बोधन गर्ने कार्यतालिका रहेको पराराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। स्विट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राजनीतिक नेता तथा व्यवसायीहरुसँग समेत भेटघाट गर्नेछन्। प्रधानमन्त्रीसँग उनकी पत्नी राधिका शाक्य समेत त्यसतर्फ जाने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली जनवरी २६ मा नेपाल फर्कनेछन्। 

प्रकाशित: ४ माघ २०७५ १९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App