५ वैशाख २०८१ बुधबार
राजनीति

विकास र समृद्धि आएमात्र जनयुद्धको अर्थ रहन्छ : अध्यक्ष दाहाल

मकवानपुर - नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले विकास र समृद्धि आएमात्र जनयुद्धको अर्थ पुष्टी हुने बताएका छन्। पूर्वी मकवानपुरको बागमती गाउँपालिका भवनको बुधबार उद्घाटनपछि उनले संघीयता घोषणा हुँदैमा तत्काल विकास र समृद्धि नआउने बताए।

‘जे सपना हामीले देखेका हौं, संघीय गणतन्त्रसम्म आइपुग्यौ, बलियो सरकार पनि बनेको छ,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘सिंहदरवारमा केन्द्रित अधिकार गाउँगाउँमा पुर्‍याउन तीन तहको सरकार बनायौं, अब विस्तारै सपना पुरा हुनेछ।’

संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेर संविधान निर्माण गर्दैमा समृद्धि नआउने बताउँदै उनले देशमै रोजगारी सिर्जना, विकास तथा शिक्षा, स्वास्थ्यमा परिवर्तन भएमात्र आफुहरुले बगाएको रगतको अर्थ रहने बताए। ‘यसको मुख्य मखसद (उदेश्य) जनतालाई सुख–सुविधा दिने, अधिकार दिने, जनताकाे पहिचान स्थापित गर्ने, विकासलाई गति दिने र समृद्ध नेपाल निर्माण गर्ने नै हो।’ उनले भने।

नयाँ संरचना भएकाले बुझ्न आवश्यक तत्वहरु पुरा गर्न केही समय लाग्ने भन्दै उनले नयाँ संरचना बुझ्न र तत्वहरु निर्माण गर्न समय लाग्ने जिकिर गरे। विश्वमै नेपालको संविधान उत्कृष्ट रहेको दाबी गर्दै उनले संविधानमा नागरिकको शिक्षा, स्वास्थ्य, रोजगार लगायत धेरै मौलिक अधिकार रहेको तर्क गरे। नेपालमा संवैधानिक संकट समाप्त भएको बताउँदै उनले निर्माण गर्नुपर्ने ऐन, कानून समयमै निर्माण गरिएको बताए। एकात्मक शासनबाट संघात्मक शासनमा देश आएको बताउँदै उनले निश्चित वर्गको मात्र प्रतिनिधित्व हुने अवस्थाबाट समावेशी प्रतिनिधित्व अवस्थामा राष्ट्र आइपुगेकाे बताए।

प्रकाशित: २ माघ २०७५ १४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App