coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारको काममा कांग्रेसले धेरै टेन्सन लिनुपर्दैन : अध्यक्ष दाहाल

तस्बिर : नरहरी/नागरिक

गोरखा - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारका काममा प्रतिपक्षीले धेरै टेन्सन लिनु नपर्ने बताएका छन्। शुक्रवार गोरखाको आरुघाटमा आयोजित दोस्रो आरुघाट महोत्सवलाई सम्बाेधन गर्दै उनले भने ‘सरकारको कामको बारेमा कांग्रेसले धेरै टेन्सन लिनुपर्दैन, हामी राम्रो गरौँला, हामीले नसके कांग्रेस आउला, अरु आउने कोही छैन।’

नेकपापछि कांग्रेस नै रहेको बताउँदै उनले नसकेमा अन्य पार्टी आउने कोही नरहेकाले तनाव नलिन कांग्रेका नेता तथा कार्यकर्तालाई सुझाव दिए। सरकार र प्रतिपक्ष सबै मिलेर सम्वृद्ध मुलुक निर्माण गर्न तर्फ लाग्नुपर्ने उनले बताए।अध्यक्ष दाहालले आगामी १० वर्ष समृद्धिको नेतृत्व गर्ने जिम्मेवारी दिन आरुघाटबासी र सबै जनतासँग अनुरोध गरे।

सोही कार्यक्रममा बोल्दै कांग्रेस नेता निधीले देशको विकासलाई जेटको गतीमा लैजान दुईवटा पाईलट आवस्यक रहेको भन्ने प्रशंग कोट्याउँदै भने ‘एउटा पाईलटले जेटमा बाटो बिराउन लाग्यो, अर्को पाईलटले अब केही गर्नुपर्‍यो।’ सँगै कार्यक्रममा रहेका नेकपाका अध्यक्ष दाहाललाई उनले लक्षित गरे। शान्ति सुरक्षा नहुनु, झुटो तथ्याङ्क पेश गर्नु, विकासे ठुला योजनाको गती सुस्त हुनु र जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसक्नुले अहिलेको नेतृत्व असफल भएको दाबी निधीले गरे।

आरुघाट महोत्सवमा फरक फरक हेलिकप्टर चढेर कांग्रेस उपसभापति निधी र नेकपा अध्यक्ष दाहाल उपस्थित भएका थिए।

 

प्रकाशित: २७ पुस २०७५ ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App