८ वैशाख २०८१ शनिबार
राजनीति

'न्यायालय सुधारको जिम्मा लिन्छु'

फाइल तस्बिर

काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयमा सुधार अपरिहार्य रहेको बताउँदै त्यसमा आफू दत्तचित्त भएर लागेको बताएका छन्। उनले न्यायालयमा विचौलियाले अनियमतिता गराएको विषयलाई बाह्य कारण र कर्मचारीहरुबाटै भइरहेको भ्रष्टाचारलाई भित्री कारण भन्दै प्रधानन्यायाधीश राणाले बिहीबार संवैधानिक कानुन व्यवसायी मञ्चका पदाधिकारीको भेटघाटमा बोल्दै उनले आफू न्यायालयको सुधारमा केन्द्रित रहेको दाबी गरे।

‘दोष जति अरुलाई दिएर पन्छिन सकिने अवस्था नभएकाले प्रधानन्यायाधीशले नै यसमा गम्भीरतापूर्वक काम गर्नुपर्ने अवस्था छ,’ राणाले थपे, ‘सम्पूर्ण जिम्मा प्रधानन्यायाधीशले नै लिनुपर्ने अवस्था छ, त्यसका लागि म तयार छु।’

मञ्चका पदाधिकारीबाट लिएको सुझाव सम्बोधन गर्दै राणाले न्यायाधीशको जिम्मा आफूले लिने र कर्मचारीको जिम्मा सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार र रजिष्ट्रारले लिुनपर्ने पनि उनले बताए। ‘मैले कर्मचारीका विषयमा तपाईंहरूले जिम्मा लिनुपर्छ भनेर रजिष्ट्रारहरूलाई सुझाव दिइसकेको छु। उहाँहरूले जिम्मा लिइसक्नु पनि भएको छ,’ राणाले थपे, ‘खासमा न्यायपरिषद्ले हो न्यायाधीशहरूको विषयमा हेर्ने, तर म पनि चुप लागेर बस्न सक्दिन। समग्र जिम्मा प्रधानन्यायाधीशले लिनुपर्छ।’

प्रधान न्यायाधीश राणाले न्यायाधीशलाई काममा लगाउँदा समेत विचार गरेर लगाउने समेत बताए। ‘कसरी हुन्छ विवाद आउदै नआउँने तरीकाले काम गर्ने योजना बनाएको छु,’ उनले भने। उनले मुद्दाको पेशी तोक्दा नै विवाद नआउने ढंगले न्यायाधीशलाई मुद्दा तोक्ने प्रक्रियामा अघि बढेकोतर्फ संकेत गरे। संवैधानिक इजलासले समेत काम गर्न नसकेको स्वीकार गर्दै कसरी यसलाई सजिलैसंग काम गर्न सकिन्छ भन्ने विषयमा समेत आफूले सोचिसकेको पनि राणाले बताए। ‘यसको संख्या के गर्ने, कसरी गर्दा उचित हुन्छ भन्ने विषयमा छलफल गरिरहेको छु’ उनले भने।

न्यायालयमा विचौलियाको बिगबिगी रहेको भन्दै त्यस्ता विचौलियालाई कारबाही गर्ने प्रतिबद्धता समेत प्रधान न्यायाधीशले गरेका छन्। उनले बिचौलियाकै कारण इजलासहरुको सम्मान गिर्दाे अवस्थामा पुगेको समेत उनले बताए। ‘अब सबै इजलास समान ढंगले चल्ने अवस्था आउनुपर्छ। इजलास छान्ने र आफू अनुकूलकोमा मुद्दा परे फैसला गराउने, नपरे नगराउने अवस्थाको अन्त्य हुनुपर्छ,’ राणाले प्रष्टयाए।

‘बिचौलियाको कारणबाट अति नै क्षति पुगेको छ,’ उनले थपे, ‘कर्मचारीको संलग्नता पनि अर्काे कारण हो त्यसैले यी सबैको अन्त्य हुनुपर्छ।’ प्रधान न्यायाधीश राणाले आफू सधैँ सरोकारवालासँगै न्यायालयलाई कसरी अघि बढाउने भन्ने विषयमा चिन्तित रहेकोले छलफलबाटै अघि बढ्न तयार रहेको पनि बताए।

प्रकाशित: २७ पुस २०७५ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App