८ वैशाख २०८१ शनिबार
राजनीति

वाइड बडी भ्रष्टाचारमा अनुसन्धान गर्न अख्तियारमा विवेकशीलकाे उजुरी

काठमाडाैं - विवेकशील साझा पार्टीले वाइड बडी खरीदमा भएको भ्रष्टाचारका विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएकाे छ। विवेकशीलले  याे विषयलाई उच्च प्राथमिकतामा राखी अनुसन्धान गर्न माग गरेकाे हाे।

उजुरीपत्रमा निगमको इतिहासमा लाउडा काण्ड, धमिजा काण्ड, चाइना साउथ वेस्ट एयरलाइन्स काण्ड, चेज एयर काण्ड,  जस्ता धेरै काण्डहरु र निगमले यी घटनाहरुमा उच्च परिमाणको घाटा पनि बेहोर्नुपरेको स्थितिकाे बारेमा स्मरण गराइएकाे छ। नेपालको संविधान तथा प्रचलित नियम कानून बमोजिम आयोगलाई प्रत्यायोजन गरिएको अधिकारको उपयोग गरी अविलम्ब यसमा अनुसन्धान थाल्न विवेकशीलले माग समेत गरेकाे छ।

यस निर्णयमा संलग्न निगमको सञ्चालक समिति, महाप्रबन्धक लगायत अन्य उच्च पदस्त कर्मचारीहरु, निगमको तालुकवाला मन्त्रालयका जिम्मेवार राजनीतिक तथा प्रशासनिक नेतृत्व विरुद्ध उनीहरुको दोष अनुरुप मुद्धा अभियोजन गर्न समेत पार्टीले जाेडदार माग गरेकाे छ।

पार्टीका संयोजक उज्वल थापा, नेताहरु सरद पाठक, रमेश शिलवाल, विजयबाबु शिवाकोटी, शिशिर बन्जाडे , रन्जु दर्शना, रबिन बस्नेत सहितको टोलीले आयोगको प्रवक्ता रामेश्वर दंगाललाई भेटेर अनुसन्धानलाइ उच्च प्राथमिकतामा राख्न माग समेत गरेकाे छ।

 

प्रकाशित: २२ पुस २०७५ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App