८ आश्विन २०७७ बिहीबार
राजनीति

रेशम चौधरीको सपथले कानुनी राज्यको धज्जी उडायोः नेपाली काँग्रेस

काठमाडौं– नेपाली काँग्रेसले टीकापुर घटनाका प्रमुख योजनाकार भनिएका रेशम चौधरीको संघीय संसदको प्रतिनिधि सभाको सांसद पदको सपथ ग्रहणप्रति आपत्ति जनाएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विहीवार ट्विईटरमार्फत चौधरीको सपथ गराएर सरकारले कानूनी राज्यको खिल्ली उडाएको प्रतिक्रिया दिएका छन। 

काँग्रेस प्रवक्ता शर्माले प्रतिनिधिसभा नियमावली २४४ (३) अनुसार नैतिक पतन देखिने मुद्दामा थुनामा रहेका सदस्यले सांसदको हैसियतमा काम गर्न नपाउने नियमसमेत सम्झाएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई टविटरमा मेन्सन गर्दै काँग्रेस प्रवक्ता शर्माले कञ्चनपुरकी वालिकाले न्याय नपाईरहदा सरकार चौधरीलाई पुरुस्कार स्वरुप सांसद पद उपहार दिन लागेको टिप्पणी गरेका छन । साथै शर्माले हिजोका दिनमा टीकापुर घटनाका विषयमा प्रधानमन्त्री केपी ओलीले वोलेको कुराको लिंक समेत शेयर गरेका छन । जसमा प्रधानमन्त्री ओलीले टीकापुर घटनाका दोषीलाई कडाभन्दा बडा कारवाही गरिने वताएका थिए। प्रवक्ता शर्माले प्रधानमन्त्रीको हिजोको भाषण र आजको शुसासनका बीचको नातासमेत सकिएको व्यङग्य गरेका छन। 

र अर्काइभबाट यी समाचार पनि

कैलाली घटना आतंककारीः ओली

एसएसपी सहित ७ सुरक्षाकर्मी मारिए, दङ्गाग्रस्त क्षेत्रमा सेना परिचालन

नेतालाई उन्मुक्ति, सशस्त्रका डीआईजी र एसपीलाई कारबाही सिफारिस

 

प्रकाशित: १९ पुस २०७५ १६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App